• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, साउन १६, २०८२
बिहीबार, साउन १६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नाडाद्धारा सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा यातायात व्यवस्था विभागमा छलफल

लिपमोटर बी १० को स्निक प्रिभ्यु सम्पन्न, नाइमा एक्सपोमा औपचारिक लन्च हुने

घट्यो सुनचाँदीको मूल्य , कतिमा हुँदैछ कारोबार ?

एनसेलको बिज सधैं अनमा मनसुन बिजनेस अफर, आकर्षक छुटहरु

दरमखोला हाईड्रो इनर्जी लिमिटेडको आईपीओ सर्वसाधारणका लागि खुला

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

पुटिनको सुरक्षामा स्तोरन्नती, ड्रोन लिएर हिडन थाले अंगरक्षक

आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव जारी

२०८२ साउन १५ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल साउन ०९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. २०८२ साउन १२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साउन १० गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साउन १३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. सशस्त्र प्रहरीद्वारा पशुपालन फर्ममा छापा, १ करोड ५८ लाखको अबैध समान बरामद

  • ६. २०८२ साउन १४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. झुलाघाट भन्सारको राजस्व सङ्कलनमा गिरावट, लक्ष्यको ७१.६५ प्रतिशत मात्र प्राप्त

  • ८. एनसेल सधैँ अन रिन्युअल : विद्यार्थीहरूलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युब पनि

  • ९. बारामा ५२ लाखभन्दा बढीको सामानसहित ट्रक बरामद

  • १०. नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको बिशेष अफर !

यस्तो छ हजुर , दशैं भित्र लुकेको हाम्रो यथर्थता

खल्ती भरि पैसा बोकेर हिंड्नु मात्र के पर्छ , काठमाडौंको बजारमा नपाइने के नै छ र  ? त्यस माथी दशै,सबै पसल खचाखच छ ,खुट्टा राख्ने ठाउ सम्म छैन ।दसैं त हामीलाई होइन तिनीहरु लाइ पो आको रछ । अस्ति भर्खरै समाचारमा खै कता तिर हो नुन किन्नलाइ सुन किने जत्ती कै भाउमा किन्नु परो रे भन्ने सुने थिए । महंगीले आकास छोइ सक्यो न उपभोक्ता संरक्षण मन्च बोल्छ न सरकारको सम्बन्धित बजार अनुगमन निकाय नै बोलेको पाइन्छ । तरकारी किन्नलाइ श्रीमतीलाई  सारी आउने पैसा बोक्नु पर्छ ।साग खान माघ कुर्नु पर्ला जस्तो छ ।मासुको त झन के कुरा भयो र घरमा सासु नै पाउना आउनु पर्छ जस्तो छ ।उपचार गर्न गयो डाक्टरलाइ भेटयो कि कम्तिमा पाँच सय, बुझाउनु परिगो।औषधिलाई  बेग्लै, भए भरको औषधि लेखिदिन्छ एउटा न एउटाले त काम गर्ला नि , त्यै पनि असली-नक्कली छुट्टायाउनै गार्‍हो । दशैमा घरजान सुमोको टिकट बुझ्न गयो १५ गते सम्मलाई १५सय रे त्यस पछि नवमी सम्म दिनको २ सयले बढदै जाने रे। न बाटो तन्केको छ न तेलको भाउ बढेको छ ।हेर्रौ त ब्रम्म लूट ।खै अनुगमन? खै काम कारबाही ? जसले  जे गरे पनि हुने छाडातन्त्र भएन त यो ? हे दैब मेरो देश ! यो दसै कसरी मनाउनु हामीले ?

देश बिकासमा कायापलट गर्छु भन्नेहरु,

मन्त्रीहुने बेलामा के के नै गर्छु भन्थे ।यो गर्छु त्यो गर्छु ।महङी नियन्त्रण गर्छु ।भ्रष्टाचार नियन्त्रण गर्छु । उनिहरुको पनि मुख बुझो लागे जस्तो छ ।बोल्छ त को भन्दा कि गाडीको खलासी कि कवाडिको भाउमा किनेर सुनको भाउमा बेच्ने फुटपाथको ब्यापारी ।”लौ आयो हजुर आयो , दसैं बम्पर अफर मात्र यतिमा उतिमा” ।भन्दै आफनै दाइले भाइ लाई निम्ता गरे जस्तो ।दसै अफर दिने त्यो को हो हाम्रो? आफनै छोरो ले त  बाउलाइ छोडदै न रे यो ब्यापारमा त्यस्ले चिन्नु न जान्नु के छुट देला त ? फुटपाथको लुगा प्लाजामा डमिलाइ लगाइदिन्छ गुना चार तिर्न तयार छौ हामी । अर्को ब्यापारी न्यारान देखीको बल निकालि फुटपाथमा कराउछ ।”लौ लिनुस टिसर्ट पाँच सयको दुइटा पाँचसयको दुइटा” ।घरमा पुगेर त्यसमा पाँच सय  भिराइ दियो भने च्यातिन्छ ।हामी पढेलेखेका विद्वान बनेर नाक फुलाउदै खल्ती चिलाउदै हिंड्छौ ।भरसक इज्जत जालाकि,कसैले देख्ला कि भनेर हेर्दैनौ त्यता ।त्यो ब्यापारी साझमा एक छिन कराउछ मनङ्गे कमाउछ ।तपाई हामी घोटिएर अर्कोकोमा खटछौ अर्कैलाइ धनी बनाउछौ ।साहुले कहिले पैसा देला र दसै मनौला भनेर मुख ताक्छौ ।धिक्कार छ जिन्दगी ।

मेरो छोरोलाइ हिजो स्याउ बोटमा फल्छ बाबु भनेर के सिकाएको , “पैसा चाही अफिसमा फल्छ होइन बाबा भन्यो” चार बर्ष पुग्दै गरेको छोराले ।न भनोस पनि कसरी त्यस्तै देख्छ। आफै एक्लै हासे ।हो भनम भने होइन, होइन भनम भने हो जस्तै ।आजबाट चाही ब्यापारबाट भन्ने मुडमा छु । ब्यापार अपार भन्थे हो रहेछ ।जे बेचेपनि हुने ।सुन भनेर नुन बेचेनि ।शिक्षाको नाउमा ब्यापार, ब्यापारको नाउमा ब्रम लूट  भन्दा नि फरक नपर्ने ।स्वास्थ्य सेवाको नाउमा ब्यापार ,होटेलको नाउमा होस कि बोत्तलको नाउमा होस ब्यापार पो रहेछ अपार।

घरमा पुगेर यसो वसेको मात्र के थिए छोरोले भदौ बितेको छैन कार्तिक सम्मको स्कुलको बिल पो लिएर आउछ ।कार्तिक सम्मको तिर्नै पर्छ रे ।कमाएर राख्न दिए जस्तो स्कुलको ताल।होइन भने परिक्षा दिन नपाउने रे ।हे फसाद,यो स्कुल हो कि लूट गृह ? टेन्सनमा हिद्दै थिए एक जना म भन्दा अलि सिनियर दाइ पनि मेरो सहयात्री बने ।उनि झन आफ्नै तालमा फलाक्दै हिंड्दै थिए।”हेर भाइ जीवनमा प्राइभेट जागिर नखानु । कुकुरले नपाएको दुख पाइन्छ।शत्रुले पनि खान नपरोस यो प्राइभेट जागिर  ।मरिमरि गरो कुन दिन चित्त बुझ्दैन । लात हानेर निकाल्छ साहुले ।काममा गधालाई लादे जस्तो लाद्छ ।यो भएन त्यो भएन ।घरमा श्रीमती सङ्गको रीस अफिसमा पोख्छ साहुले ।तलब दिने वेला भयो उसको मुख ताक्नु पर्ने, कहिले घैटोमा घाम लाग्ने हो ।पाउने दिन फिक्स हुन्न ,उस्को चित्तबुझ्दो हुनु पर्ने ।अरु दिन नाफा उसले कमाउने, ब्यापार नभाको दिन हामीलाई गाली गर्ने ।घाटा छ तलब बढ।उन सक्दिन भन्दियो , के नाफा भाको बेला बोनस बाडछ र भाइ हामीलाई ? घाटा पनि उस्कै नाफा नि उस्कै होइन र भाइ ?” भन्दै खुब मनको पीर पोखे दाइले ।हो नि दाइ ब्यापार गरौ  ब्यापार , यहाँ जे को ब्यापार गरेनी नाफा नै छ दाइ भनि दिए मैले नि ।एउटा दशैमा ब्यापार गर्न सकियो भने बर्ष भरि टेन्सन हुन्न दाइ ।

यस्तै छ हजुर मेरो देशको हाल खबर ।काम गर्नेले भन्दा माग्ने- मगन्तेले धेर कमाउने देश ।जलश्रोतको धनी देश दिनमा चौध घन्टामात्र लोडसेडिङ हुदा खुशीले रमाउनु पर्छ । १ लिटर पानीको मात्र २५ रुपैयामा किन्न पाइन्छ।हिजो तछाड मछाड गरि जनताको हितमा काम गर्ने संघ सस्था गुमनाम छन ।सरकारी निकाय तरकारीको भाउ सोध्दै हिडन भ्याइनभ्याई छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मधेश प्रदेशमा ९१ लाख बढीको सामानसहित ४२ सवारीसाधन बरामद
    जुम्लाका किसानलाई काँचो स्याउ टिप्न प्रतिबन्ध
    सिन्धुलीको गोलाञ्जोरमा एकै परिवारका १६ जना सम्पर्कविहीन

    लोकप्रिय

    २०८२ साल साउन ०९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साउन १२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साउन १० गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साउन १३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सशस्त्र प्रहरीद्वारा पशुपालन फर्ममा छापा, १ करोड ५८ लाखको अबैध समान बरामद

    ताजा

    नाडाद्धारा सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा यातायात व्यवस्था विभागमा छलफल

    लिपमोटर बी १० को स्निक प्रिभ्यु सम्पन्न, नाइमा एक्सपोमा औपचारिक लन्च हुने

    घट्यो सुनचाँदीको मूल्य , कतिमा हुँदैछ कारोबार ?

    एनसेलको बिज सधैं अनमा मनसुन बिजनेस अफर, आकर्षक छुटहरु

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • नाडाद्धारा सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा यातायात व्यवस्था विभागमा छलफल
    • लिपमोटर बी १० को स्निक प्रिभ्यु सम्पन्न, नाइमा एक्सपोमा औपचारिक लन्च हुने
    • घट्यो सुनचाँदीको मूल्य , कतिमा हुँदैछ कारोबार ?
    • एनसेलको बिज सधैं अनमा मनसुन बिजनेस अफर, आकर्षक छुटहरु
    • दरमखोला हाईड्रो इनर्जी लिमिटेडको आईपीओ सर्वसाधारणका लागि खुला

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.