• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२२ बैशाख २०८३, मङ्गलबार
२२ बैशाख २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने
  • ६ घण्टा 

नाडाद्वारा उद्योग, वाणिज्य तथा आपूति मन्त्रीसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • ७ घण्टा 

सुनको मुल्यमा प्रतितोला पाँच हजार आठ सयले वृद्धि, कतिमा हुदैँछ कारोबार ?
  • ८ घण्टा 

मुक्तिनाथमा लेक लागेर एक तीर्थयात्रीको मृत्यु
  • ८ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ९ घण्टा 

वीरगञ्जमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
  • २३ घण्टा 

एलजी वास टावरको विश्वव्यापी सफलता, ३.२ मिलियन बिक्री पार
  • २४ घण्टा 

२०८३ वैशाख २३ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

नेप्सेमा सुधारभएसँगै ८.७८ अंकको वृद्धि, ३ अर्बभन्दा बढीको कारोबार
  • १ दिन 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. सर्वोच्चको फैसला : पुनर्विवाह गर्ने महिलाले अंश फिर्ता गर्न नपर्ने

  • ३. सीजी चेष्ट फ्रिजर : २८ मोडल र ५ वर्ष वारेन्टीसहित नेपाली बजारमा अग्रणी रोजाइ

  • ४. व्हर्लपुलसँग स्मार्ट अप्लायन्सेसको रणनीतिक साझेदारी

  • ५. मुक्तिनाथमा लेक लागेर एक तीर्थयात्रीको मृत्यु

  • ६. रोमाञ्चक खेलमा नेपालले युएईमाथि निकाल्यो ६ रनको जित

  • ७. यामाहा नेपालद्वारा बुढानीलकण्ठमा नयाँ ‘थ्रिएस’ शोरूम विस्तार

  • ८. यात्रुका लागि ठूलो झट्का : फेरी बढ्यो सार्वजनिक यातायातको भाडा

  • ९. रास्वपाको आज सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा

  • १०. घरमा नराख्नुहोस् यस्ता वस्तु, हुनेछ धन हानीका साथै अनिष्ठ

यस्तो छ हजुर , दशैं भित्र लुकेको हाम्रो यथर्थता

admin २०७३, आश्विन, १५

खल्ती भरि पैसा बोकेर हिंड्नु मात्र के पर्छ , काठमाडौंको बजारमा नपाइने के नै छ र  ? त्यस माथी दशै,सबै पसल खचाखच छ ,खुट्टा राख्ने ठाउ सम्म छैन ।दसैं त हामीलाई होइन तिनीहरु लाइ पो आको रछ । अस्ति भर्खरै समाचारमा खै कता तिर हो नुन किन्नलाइ सुन किने जत्ती कै भाउमा किन्नु परो रे भन्ने सुने थिए । महंगीले आकास छोइ सक्यो न उपभोक्ता संरक्षण मन्च बोल्छ न सरकारको सम्बन्धित बजार अनुगमन निकाय नै बोलेको पाइन्छ । तरकारी किन्नलाइ श्रीमतीलाई  सारी आउने पैसा बोक्नु पर्छ ।साग खान माघ कुर्नु पर्ला जस्तो छ ।मासुको त झन के कुरा भयो र घरमा सासु नै पाउना आउनु पर्छ जस्तो छ ।उपचार गर्न गयो डाक्टरलाइ भेटयो कि कम्तिमा पाँच सय, बुझाउनु परिगो।औषधिलाई  बेग्लै, भए भरको औषधि लेखिदिन्छ एउटा न एउटाले त काम गर्ला नि , त्यै पनि असली-नक्कली छुट्टायाउनै गार्‍हो । दशैमा घरजान सुमोको टिकट बुझ्न गयो १५ गते सम्मलाई १५सय रे त्यस पछि नवमी सम्म दिनको २ सयले बढदै जाने रे। न बाटो तन्केको छ न तेलको भाउ बढेको छ ।हेर्रौ त ब्रम्म लूट ।खै अनुगमन? खै काम कारबाही ? जसले  जे गरे पनि हुने छाडातन्त्र भएन त यो ? हे दैब मेरो देश ! यो दसै कसरी मनाउनु हामीले ?

देश बिकासमा कायापलट गर्छु भन्नेहरु,

मन्त्रीहुने बेलामा के के नै गर्छु भन्थे ।यो गर्छु त्यो गर्छु ।महङी नियन्त्रण गर्छु ।भ्रष्टाचार नियन्त्रण गर्छु । उनिहरुको पनि मुख बुझो लागे जस्तो छ ।बोल्छ त को भन्दा कि गाडीको खलासी कि कवाडिको भाउमा किनेर सुनको भाउमा बेच्ने फुटपाथको ब्यापारी ।”लौ आयो हजुर आयो , दसैं बम्पर अफर मात्र यतिमा उतिमा” ।भन्दै आफनै दाइले भाइ लाई निम्ता गरे जस्तो ।दसै अफर दिने त्यो को हो हाम्रो? आफनै छोरो ले त  बाउलाइ छोडदै न रे यो ब्यापारमा त्यस्ले चिन्नु न जान्नु के छुट देला त ? फुटपाथको लुगा प्लाजामा डमिलाइ लगाइदिन्छ गुना चार तिर्न तयार छौ हामी । अर्को ब्यापारी न्यारान देखीको बल निकालि फुटपाथमा कराउछ ।”लौ लिनुस टिसर्ट पाँच सयको दुइटा पाँचसयको दुइटा” ।घरमा पुगेर त्यसमा पाँच सय  भिराइ दियो भने च्यातिन्छ ।हामी पढेलेखेका विद्वान बनेर नाक फुलाउदै खल्ती चिलाउदै हिंड्छौ ।भरसक इज्जत जालाकि,कसैले देख्ला कि भनेर हेर्दैनौ त्यता ।त्यो ब्यापारी साझमा एक छिन कराउछ मनङ्गे कमाउछ ।तपाई हामी घोटिएर अर्कोकोमा खटछौ अर्कैलाइ धनी बनाउछौ ।साहुले कहिले पैसा देला र दसै मनौला भनेर मुख ताक्छौ ।धिक्कार छ जिन्दगी ।

मेरो छोरोलाइ हिजो स्याउ बोटमा फल्छ बाबु भनेर के सिकाएको , “पैसा चाही अफिसमा फल्छ होइन बाबा भन्यो” चार बर्ष पुग्दै गरेको छोराले ।न भनोस पनि कसरी त्यस्तै देख्छ। आफै एक्लै हासे ।हो भनम भने होइन, होइन भनम भने हो जस्तै ।आजबाट चाही ब्यापारबाट भन्ने मुडमा छु । ब्यापार अपार भन्थे हो रहेछ ।जे बेचेपनि हुने ।सुन भनेर नुन बेचेनि ।शिक्षाको नाउमा ब्यापार, ब्यापारको नाउमा ब्रम लूट  भन्दा नि फरक नपर्ने ।स्वास्थ्य सेवाको नाउमा ब्यापार ,होटेलको नाउमा होस कि बोत्तलको नाउमा होस ब्यापार पो रहेछ अपार।

घरमा पुगेर यसो वसेको मात्र के थिए छोरोले भदौ बितेको छैन कार्तिक सम्मको स्कुलको बिल पो लिएर आउछ ।कार्तिक सम्मको तिर्नै पर्छ रे ।कमाएर राख्न दिए जस्तो स्कुलको ताल।होइन भने परिक्षा दिन नपाउने रे ।हे फसाद,यो स्कुल हो कि लूट गृह ? टेन्सनमा हिद्दै थिए एक जना म भन्दा अलि सिनियर दाइ पनि मेरो सहयात्री बने ।उनि झन आफ्नै तालमा फलाक्दै हिंड्दै थिए।”हेर भाइ जीवनमा प्राइभेट जागिर नखानु । कुकुरले नपाएको दुख पाइन्छ।शत्रुले पनि खान नपरोस यो प्राइभेट जागिर  ।मरिमरि गरो कुन दिन चित्त बुझ्दैन । लात हानेर निकाल्छ साहुले ।काममा गधालाई लादे जस्तो लाद्छ ।यो भएन त्यो भएन ।घरमा श्रीमती सङ्गको रीस अफिसमा पोख्छ साहुले ।तलब दिने वेला भयो उसको मुख ताक्नु पर्ने, कहिले घैटोमा घाम लाग्ने हो ।पाउने दिन फिक्स हुन्न ,उस्को चित्तबुझ्दो हुनु पर्ने ।अरु दिन नाफा उसले कमाउने, ब्यापार नभाको दिन हामीलाई गाली गर्ने ।घाटा छ तलब बढ।उन सक्दिन भन्दियो , के नाफा भाको बेला बोनस बाडछ र भाइ हामीलाई ? घाटा पनि उस्कै नाफा नि उस्कै होइन र भाइ ?” भन्दै खुब मनको पीर पोखे दाइले ।हो नि दाइ ब्यापार गरौ  ब्यापार , यहाँ जे को ब्यापार गरेनी नाफा नै छ दाइ भनि दिए मैले नि ।एउटा दशैमा ब्यापार गर्न सकियो भने बर्ष भरि टेन्सन हुन्न दाइ ।

यस्तै छ हजुर मेरो देशको हाल खबर ।काम गर्नेले भन्दा माग्ने- मगन्तेले धेर कमाउने देश ।जलश्रोतको धनी देश दिनमा चौध घन्टामात्र लोडसेडिङ हुदा खुशीले रमाउनु पर्छ । १ लिटर पानीको मात्र २५ रुपैयामा किन्न पाइन्छ।हिजो तछाड मछाड गरि जनताको हितमा काम गर्ने संघ सस्था गुमनाम छन ।सरकारी निकाय तरकारीको भाउ सोध्दै हिडन भ्याइनभ्याई छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
वीरगञ्जमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
३२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
देशभर पश्चिमी वायु, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : कहाँ–कहाँ आज छ वर्षाको सम्भावना ?

ताजा

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

नाडाद्वारा उद्योग, वाणिज्य तथा आपूति मन्त्रीसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

सुनको मुल्यमा प्रतितोला पाँच हजार आठ सयले वृद्धि, कतिमा हुदैँछ कारोबार ?

मुक्तिनाथमा लेक लागेर एक तीर्थयात्रीको मृत्यु

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.