Jankari Kendra
२४ आश्विन २०८३, शनिबार

सेयर किन्नुहोस्, पैसा दसैंपछि तिर्नुहोस्

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, आश्विन, १९

अहिले सेयर किनेर दसैंपछि रकम चुक्ता गर्न मिल्ने सुविधाका कारण लगानीकर्ताले सेयर किन्न थाल्दा सेयर बजार उकालो लागेको छ ।

सेयर खरिद गरेको रकम दसैंपछि बुझाए पनि हुने भएकाले सेयर खरिदमा चाप देखिएको ब्रोकर बताउँछन् । दसैंमा खर्चको जोहो गर्न बिक्री गरेको सेयर कुनै न कुनै तरिकाले पुनः बजारमा फर्कने र त्यसले बजार बढ्ने सम्भावना देखेपछि लगानीकर्ताले सेयर किन्न थालेका छन् र त्यसैको परिणामस्वरुप सेयर बजार मापक नेप्से पुनः उकालो लागेको छ ।

दसैंपछि सेयर बजार बढ्ने सम्भावना देखेपछि लगानीकर्ता खरिद गर्न आकर्षित भएको विश्लेषकको भनाइ छ ।

विश्वासका आधारमा सधैं कारोबार गर्ने लगानीकर्ताहरुलाई दसैंपछि रकम बुझाए पनि हुने सुविधा दिइएको स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीले बताए ।

कानुनतः सेयर कारोबार भएको तीनदिनभित्र राफसाफ गर्नुपर्ने हुन्छ । तर सार्वजनिक बिदा परेकाले त्यो अवधिभित्र बुझाउन ब्रोकर बाध्य हुने छैनन् । – नागरिकबाट

Top Changing Nepal

युट्युब सट्स