• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०४ बैशाख २०८३, शुक्रबार
०४ बैशाख २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ साल तपाईको लागि यस्तो रहेको छ, हेर्नुहोस् वार्षिक राशिफल
  • ९ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ९ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • ९ घण्टा 

आईपीएमा गुजरातसँग कोलकाताको हार, आज दुई खेल हुँदै
  • ९ घण्टा 

प्रधानमन्त्री बालेन शाहको १२ वर्ष पुरानो र्याप भिडियो हटाउन साइबर ब्यूरोमा उजुरी
  • २३ घण्टा 

२०८३ वैशाख ०५ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
  • १ दिन 

अबदेखि पासपोर्ट र लाइसेन्स नागरिककै घरदैलोमा
  • १ दिन 

TikTok has releases 2025 Community Guidelines Enforcement Report
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८२ चैत ३० गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • ३. अण्डाको मूल्यमा वृद्धि, क्रेटको कति ?

  • ४. इन्धनको मूल्यमा वृद्धि, डिजेल–मट्टितेल प्रतिलिटर ३० रुपैयाँले बढ्यो

  • ५. नयाँ एफजेड एफआइ न्यू जेन सार्वजनिकसँगै भृकुटिमण्डपमा सुरु भयो वैशाख ५ सम्म ‘यामाहा ब्लू फेस्ट’

  • ६. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८३ वैशाख ०२ गते बुधबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. गर्मीमा नरिवल पानी पिउनुका यस्ता छन् फाइदा

  • ९. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • १०. एटीएमबाट एकपटकमा २० हजार र एक दिनमा ५० हजार रुपैयाँभन्दा बढी झिक्न नपाइने

निजामती कर्मचारी अस्पताल र ट्रक व्यवसायी महासंघबिच सम्झौता

जानकारी केन्द्र २०८२, चैत्र, १६

काठमाडौं । निजामती कर्मचारी अस्पताल र नेपाल ट्रक यातायात व्यवसायी महासंघबिच घाइते तथा दुर्घटनापछि हुने बिरामीहरूको उपचारलाई प्रभावकारी बनाउने उद्देश्यसहित उपचार सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

सम्झौतापत्रमा निजामती कर्मचारी अस्पतालका तर्फबाट मेडिकल डिभिजन विभाग प्रमुख डा. दिपक पौडेल र नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बिक्रम वानियाले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार सवारी दुर्घटनामा परी घाइते भएका व्यक्तिहरूलाई प्रारम्भिक २४ घण्टा इमर्जेन्सी सेवा उपलब्ध गराइनेछ। अस्पतालले बिरामीको अवस्था अनुसार सघन उपचार कक्ष (आईसीयू) वा जनरल वार्डमा राखी उपचार गर्ने व्यवस्था मिलाउने बताइएको छ। आवश्यक परेमा एक्सटेन्डेड हस्पिटल सर्भिस मार्फत सेवा उपलब्ध गराइने पनि सम्झौतामा उल्लेख गरिएको छ।

सम्झौतामा उपचार प्रक्रियालाई सहज बनाउन अस्पतालले फोकल व्यक्ति तोक्ने र आवश्यक परे कम खर्चमा उपचार सेवा उपलब्ध गराउन समन्वय गर्ने व्यवस्था गरिएको छ। साथै, सम्भव भएसम्म एम्बुलेन्स सेवा पनि उपलब्ध गराइने उल्लेख छ।

दुर्घटनामा परेका बिरामीको सम्पूर्ण उपचार खर्च दोस्रो पक्ष अर्थात् नेपाल ट्रक यातायात व्यवसायी महासंघले व्यहोर्नेछ। उपचारका क्रममा अस्पतालको माग अनुसार पेस्की रकम उपलब्ध गराइने र आवश्यक परे थप रकमसमेत व्यवस्थापन गर्नुपर्ने व्यवस्था गरिएको बताइएको छ।

उपचार खर्च व्यवस्थापनका लागि महासंघ आवद्ध संस्थाहरूले धरौटीसमेत राख्नुपर्ने प्रावधान राखिएको जनाइएको छ।

शल्यक्रियाका लागि आवश्यक औषधी तथा इम्प्लान्टहरू अस्पतालले उपलब्ध गराउने र अस्पतालमा उपलब्ध नभए चिकित्सकको सिफारिसअनुसार बाहिरबाट खरिद गर्नुपर्ने तथा त्यसको खर्च सम्बन्धित पक्षले व्यहोर्ने व्यवस्था गरिएको बताइएको छ।

उपचारका क्रममा बिरामीको मृत्यु भएमा अस्पतालले तत्काल जानकारी गराउने र त्यसपछि खर्च विवरण मिलान गरी शव बुझ्ने प्रक्रिया सम्बन्धित पक्षले पूरा गर्नुपर्ने उल्लेख छ।

महासंघका अनुसार, बिमा सुविधा अन्तर्गत रकम भुक्तानीका लागि अस्पतालले आवश्यक कागजात उपलब्ध गराउने र बीमा प्रक्रियामा सहजीकरण गर्ने सहमति पनि भएको छ।

सम्झौता २०८३ साल वैशाख १ गतेदेखि एक वर्षका लागि लागू हुने र आपसी सहमतिमा म्याद थप गर्न सकिने जनाइएको छ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष बानियाँले सम्झौताले दुर्घटनापछिको उपचार प्रक्रियालाई सहज, छिटो र व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। उनले दुर्घटनामा परेका चालक तथा कामदारलाई समयमै उपचार सुनिश्चित गर्नु महासंघको प्रमुख प्राथमिकता भएको पनि बताएका छन् ।

त्यस्तै, अस्पताल र महासंघका विभिन्न विभागीय तथा कार्यालय प्रमुखहरू साक्षीका रूपमा उपस्थित रहेका थिए। यस सम्झौताले सवारी दुर्घटनाबाट प्रभावित बिरामीहरूको उपचार सेवा समयमै र व्यवस्थित रूपमा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको बताइएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
आईपीएमा गुजरातसँग कोलकाताको हार, आज दुई खेल हुँदै

ताजा

२०८३ साल तपाईको लागि यस्तो रहेको छ, हेर्नुहोस् वार्षिक राशिफल

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

कस्तो छ आजको मौसम पूर्वानुमान ?

आईपीएमा गुजरातसँग कोलकाताको हार, आज दुई खेल हुँदै

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.