वैदेशिक अध्ययनका लागि एनओसी अब अनलाइनमार्फत घरबाटै उपलब्ध
काठमाडौँ । वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) अब घरमै बसेर अनलाइन मार्फत लिन सकिने भएको छ । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको एनओसी शाखाले सेवा पुर्ण रुपमा डिजिटल बनाएको छ ।
यसका लागि त्रिभुवन विश्वविद्यालय (त्रिवि) र काठमाडौँ विश्वविद्यालय (केयू) सँग प्रणाली जोडिएको छ भने जसले विद्यार्थीका शैक्षिक विवरण अनलाइनमै प्रमाणीकरण गर्न सजिलो बनाएको छ ।
अब विद्यार्थीले आवेदन देखि प्रमाणपत्र डाउनलोडसम्मको सम्पुर्ण प्रक्रिय आफ्नै प्रोफाइलबाट पूरा गर्न सक्नेछन् । एनओसीमा क्यूआर कोड पनि समावेश गरिएको बताइएको छ । यसअघि उच्च अध्ययनका लागि आवेदन दिनेहरुले प्रमाणपत्र रुजु गर्न कार्यालय जानुपथ्र्यो भने नयाँ प्रणालीले त्यो बाध्यता हटाएको छ ।
त्यस्तैगरी एनओसी शुल्क पनि अनलाइनमार्फत तर्न सकिने भएपछि प्रक्रिया अझ सहज र छरितो बनेको शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
