वैदेशिक अध्ययनका लागि एनओसी अब अनलाइनमार्फत घरबाटै उपलब्ध
काठमाडौँ । वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) अब घरमै बसेर अनलाइन मार्फत लिन सकिने भएको छ । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको एनओसी शाखाले सेवा पुर्ण रुपमा डिजिटल बनाएको छ ।
यसका लागि त्रिभुवन विश्वविद्यालय (त्रिवि) र काठमाडौँ विश्वविद्यालय (केयू) सँग प्रणाली जोडिएको छ भने जसले विद्यार्थीका शैक्षिक विवरण अनलाइनमै प्रमाणीकरण गर्न सजिलो बनाएको छ ।
अब विद्यार्थीले आवेदन देखि प्रमाणपत्र डाउनलोडसम्मको सम्पुर्ण प्रक्रिय आफ्नै प्रोफाइलबाट पूरा गर्न सक्नेछन् । एनओसीमा क्यूआर कोड पनि समावेश गरिएको बताइएको छ । यसअघि उच्च अध्ययनका लागि आवेदन दिनेहरुले प्रमाणपत्र रुजु गर्न कार्यालय जानुपथ्र्यो भने नयाँ प्रणालीले त्यो बाध्यता हटाएको छ ।
त्यस्तैगरी एनओसी शुल्क पनि अनलाइनमार्फत तर्न सकिने भएपछि प्रक्रिया अझ सहज र छरितो बनेको शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

