विद्यार्थीलाई नतिजा सार्वजनिक भएको १५ दिनमै ट्रान्सक्रिप्ट दिने विश्वविद्यालको निर्णय
काठमाडौँ । विश्वविद्यालयका परीक्षा नतिजा सार्वजनिक भएको १५ दिनभित्र ट्रानसक्रिप्ट उपलब्ध गराउने व्वयस्था लागू गर्ने भएको छ । शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको उपस्थितिमा चैत २० गते बसेको विश्वविद्यालयका उपकुलपतिहरुको बैठकले यस विषयमा सहमति जनाएको हो ।
शिक्षामन्त्रालयको निर्णयअनुसार परीक्षा नतिजा प्रणालीलाई अझ व्यवस्थित र अनुमानयोग्य बनाउन परीक्षा नियन्त्रण कार्यालयले छुट्टै नतिजा पोर्टल निर्माण गर्नेछ । त्यस्तैगरी नतिजा प्रकाशित भएको अधिकतम १५ दिनभित्र ट्रान्सक्रिप्ट दिने व्यवस्था अनिवार्य रुपमा लागू गरिनेछ ।
उच्च शिक्षाको राष्ट्रिय शैक्षिक क्यालेन्डरलाई प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगका सचिवको संयोजकत्वमा समिति गठन गर्ने निर्णय पनि गरिएको छ । उक्त समितिले १५ दिनभित्र नयाँ शैक्षिक क्यालेन्डर तयार गरी पेश गर्नेछ ।
त्यस्तैगरी विद्यार्थी सेवामा सुधार ल्याउन २४ सै घण्टा सञ्चालन हुने बहु-च्यानल गुनासो व्यवस्थापन प्रणाली लागू गरिनुका साथै विद्यार्थीले आफ्नो शैक्षिक प्रमाणपत्र मोबाइल एप ,नागरिक एप वा इमेृल मार्फत डाउनलोड गर्न सक्ने डिजिटल प्रणाली विकास गर्ने निर्णय पनि भएको छ ।
सम्बन्धित समाचार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
विपद्मा प्याब्सनको १२ करोड सहयोग, प्रभावित पाँच विद्यालयका लागि २ करोड छुट्याइयो
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
