राष्ट्रिय वाणिज्य बैंकको नाफा झण्डै दोब्बर, २ अर्ब ७६ करोड नाघ्यो
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको ९ महिनामा नाफामा उल्लेख्य वृद्धि गरेको छ। बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा झण्डै दोब्बर बढेर २ अर्ब ७६ करोड २० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा बैंकले १ अर्ब २० करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेर ८ अर्ब ७० करोड रुपैयाँ पुगेको छ, जसले नाफा वृद्धि गर्न मुख्य योगदान दिएको छ। त्यस्तै, खुद आम्दानी पनि १ अर्ब ६६ करोड रुपैयाँले बढेको छ। तर बैंकको कर्मचारी खर्च भने उच्च बनेको छ। अघिल्लो वर्ष ३ अर्ब २३ करोड रुपैयाँ रहेको खर्च यस वर्ष बढेर ३ अर्ब ९२ करोड रुपैयाँ नाघेको छ।
यसैबीच, बैंकको खराब कर्जा ४.६९ प्रतिशतबाट घटेर ४.४८ प्रतिशतमा झरेको छ। वितरणयोग्य नाफा ३१ करोड ६१ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी ३.८० रुपैयाँ कायम भएको छ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

