सर्पदंशबाट जोगिन स्वास्थ्य मन्त्रालयको आग्रह, राति हिँड्दा टर्च प्रयोग गर्न सुझाव
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सर्पदंशबाट बच्न आग्रह गरेको छ । गर्मी बढेसँगै सर्प दुलोबाट निस्कने र मानिसलाई टोक्ने भएकाले सर्पदंशबाट बच्न मन्त्रालयले आग्रह गरेको हो ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले गर्मी महिनामा सर्प बाहिर निस्कने भएकाले सतर्क रहन आग्रह गरेका हुन् । उनले भने, ‘नेपालमा गोमन, राजगोमन, करेत, मुगा, बाघेजस्ता विषालु सर्प रहेका छन् । यस्ता सर्पको टोकाइबाट बच्न सबैमा आग्रह छ ।’
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाले गर्मी बढेसँगै अस्पतालमा सर्पदंशका बिरामी बढी आउने गरेको सुनाए । उनले काभ्रे, धादिङ, तनहुँ, रामेछाप, दोलखा लगायत जिल्लाबाट सर्पदंशका बिरामी धेरै आउने गरेको जानकारी दिए ।
सर्पले टोकिहाले डसेको ठाउँलाई चल्न नदिई स्थिर राख्न, सर्पले डसेको ठाउँमा काट्ने, चुस्ने, बाँध्नेजस्ता कार्य नगर्न, कुनै पनि मलम, रासायनिक पदार्थ, तातोचिसो प्रयोग नगर्न, बिरामीको आत्मविश्वास कायम राख्ने, डस्ने सर्पको पहिचान गर्ने र बिरामीलाई जतिसक्दो चाँडो अस्पताल पुर्याउन डा. बाँस्तोलाले आग्रह गरे ।
उनका अनुसार सर्पदंशबाट बच्नका लागि राति हिँड्नु परे टर्च लाइट लिएर हिँड्ने, जुत्ता वा गमबुट लगाउने, खुट्टा राम्ररी छोप्ने बाक्लो पाइन्ट लगाउने, घर वरपरको घाँस, झारपात काटेर सफा राख्नेजस्ता उपायबाट अपनाउनुपर्दछ ।
त्यस्तै डा. बाँस्तोलाले काठ, ढुङ्गा, टुटेफुटेको सामानको थुप्रा हटाउने, जमिनका दुलाहरू टाल्ने, पराल, दाउरा, आदि तान्दा जाँदा होसियारी अपनाउने, सुत्नुअघि ओछ्यान, खाटमुनि र वरपर राम्ररी हेर्ने, झूल टाँगेर मात्र सुत्ने जस्ता उपाय अपनाउन आग्रह गरे ।
सम्बन्धित समाचार
नुवाकोट–रसुवाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह
वर्षा र पहिरोले देशभरका प्रमुख राजमार्ग ठप्प,काठमाडौंका नाका अवरुद्ध
भोटेकोसी बाढीको त्रासबीच डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित स्थानमा सारियो
‘ट्विटर’मा निलो चरा फर्किँदै
भोटेकोशीमा बाढीको जोखिम तत्काल नरहेको पूर्वानुमान महाशाखाको निष्कर्ष
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं ९ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल


