०५ फागुन २०८२, मङ्गलबार
  • समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य

राैतहट दुर्गा मा.वि. का विधार्थी शैनिक तालीम लिदै

रौतहट चन्द्रनिगाहपुर स्थित दुर्गा माध्यमीक विधालयको कक्षा १० मा अध्ययनरत जनार्जन पोखरेल हिजो आज बिहान सबेरै उठछन् l नियमित सरसफाई पश्चात उनलाई स्कुलको चौरमा कति बेला पुग्ने भन्ने हतारो हुन्छ l जनार्जन एक प्रतिनिधि पात्र मात्र हुन् l उनी जस्ता अन्य भाई बहिनीहरु हरेक बिहान ६: ३० बजे विधालयको चौरमा भेला भइसकेका हुन्छन् l त्यसपछि उनीहरु शारीरिक तालिम अन्तर्गत व्यायाम, मास पिटी, तेक्वादो लगायतमा अभ्यास गर्छन् l देशमा विपद र राष्ट्रिय संकट परेको बेला युवाहरुलाई परिचालन गर्ने उदेश्य अनुरुप नेपाल सेना मार्फत नेपाल सरकारले रौतहटको दुर्गा माध्यमीक विध्यालयको कक्षा ८,९ र १० मा अध्ययनरत ६० जना विधार्थी भाई बहिनीहरुलाई राष्ट्रिय सेवा दलले तालिम दिइरहेको छ l गत साउन महिना देखी उनीहरुलाई तालिम दिइरहेको छ l राष्ट्रिय सेवा दलले दिएको तालिममा उनीहरु हरेक दिन बिहान अढाई घण्टा अभ्यस्त रहन्छन l उनीहरु हाल मास पिटी, खाली हात ड्रिल, खुकुरी ड्रिल लगायतका तालिम लिइरहेका छन् l राष्ट्रिय सेवा दलले तालिम दिने जुनियर डिभिजन अन्तर्गत यो ४३ औ ब्याच हो l तालिम हाल नेपालको ६८ ओटा जिल्लामा भइरहेको छ l करिब १०० दिन अवधि सम्म दिने एनसीसीको तालिममा ७९ दिन जिल्लामा र २१ दिन जिल्ला बाहिर हुन्छ l उक्त तालिम सकिय पछि उनीहरुलाई वार्षिक सामुहिक क्याम्पमा तेक्वान्दो, मास पिटी, खुकुरी ड्रिल, फिल्ड क्राफ्ट, नक्सा हेर्ने, घोड चडी, पौडी, रक क्लाइम्वीङ, एरोविक्स जस्ता आधारभूत सैन्य तालिम दिइने छ l त्यस्तै नेतृत्व विकास, ट्राफिक सचेतना, खानेपानी तथा सरसफाइ, प्राथमिक स्वास्थ्य उपचार, विपद व्यवस्थापन, दिक्षान्त कवाज लगायत सिकाइने एनसीसी समन्वयन केन्द्रले जनाएको छ l राष्ट्रमा ठूलो विपद परेको बेला वा राष्ट्र संकटमा परेको अवस्थामा युवाहरुलाई अनुशासीत एवंम् मर्यादित ढंगले परिचालन गर्नु तालिमको मुख्य उदेश्य हो l तालिममा सहभागी छात्र जनार्जन तालिमले नेतृत्व क्षमताको विकास भइरहेको बताउँछन् l उनी भन्छन् ‘ पहिले ठूला मान्छेको अगाडी गएर बोल्न डराउथे तर हाल आफ्नो कुरा खुलस्त राख्न सक्ने आत्मविश्वास आएको छ l भविष्यमा देशका लागी केही गर्न सक्छु भन्ने आँट आएको छ l तालिमको सुरुवाती दिनमा असहज भए पनि हाल अझ राम्रो गर्न सक्ने प्रेरणा जागेको छ l

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डमा ४७ नेपाली विद्यार्थीको उत्कृष्ट नतिजा
आज ग्याल्पो ल्होसार : शेर्पा समुदायले उल्लासपूर्वक नयाँ वर्ष मनाउँदै
कजारियाले मधेश प्रदेशमा उपस्थिति विस्तार गर्दै जनकपुरमा नयाँ एक्सक्लुसिभ शोरूम ल्यायो सञ्चालनमा

लोकप्रिय

मतदाता नामावलीमा आफ्नो नाम कसरी हेर्ने ?

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, परीक्षा वैशाख १४ गतेबाट २७ सम्म हुने

२०८२ माघ २९ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ फागुन ०३ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन ०२ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

ताजा

फोटोन बन्यो १५ वर्षदेखि नं. १ निर्यात गर्ने कमर्सियल भेहिकल कम्पनी : नेपालमा थप सुदृढ बन्दै

संस्कृति इन्टरनेशनल स्कुलकी निर्देशक दीप्ति आचार्य नेपाल र एसिया–प्रशान्त क्षेत्रका लागि आईसीएको राजदूत नियुक्त

आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डमा ४७ नेपाली विद्यार्थीको उत्कृष्ट नतिजा

नाइमाद्वारा ‘ट्याक्सीको रूपमा प्रयोग हुने सवारी सम्बन्धी राष्ट्रिय मापदण्ड २०८१’ सम्बन्धी सुझाव मन्त्री समक्ष पेश

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • फोटोन बन्यो १५ वर्षदेखि नं. १ निर्यात गर्ने कमर्सियल भेहिकल कम्पनी : नेपालमा थप सुदृढ बन्दै
  • संस्कृति इन्टरनेशनल स्कुलकी निर्देशक दीप्ति आचार्य नेपाल र एसिया–प्रशान्त क्षेत्रका लागि आईसीएको राजदूत नियुक्त
  • आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डमा ४७ नेपाली विद्यार्थीको उत्कृष्ट नतिजा
  • नाइमाद्वारा ‘ट्याक्सीको रूपमा प्रयोग हुने सवारी सम्बन्धी राष्ट्रिय मापदण्ड २०८१’ सम्बन्धी सुझाव मन्त्री समक्ष पेश
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.