सुस्ताबासीद्धारा पुनः गण्डक नहर बांध भत्काउने प्रयास
जानकारी केन्द्र
२०७४, भाद्र, ९
रबिन्द्र यादव र परासी, ९ भदौ ।
नवलपरासीको सुस्ता गाँउपालिकाबासीले आज पुनः गण्डक नहरको बाँध भत्काउने प्रयास गरेका छन् । बाढीको पानी खेतमा जमेर ३ सय विगाहा क्षेत्रफलका अन्नबाली नष्ट हुने खतरा र क्षतिपुर्ति नपाएको निहुँमा भारतलाई दबाब दिने उद्देश्यले गाउँपाकिलाको वार्ड नं. १ स्थित छिबनी, सत्तपत्तिका पिडित किसानहरुले आज पुनः गण्डक नहर बाँध भत्काउने प्रयास गरेका हुन ।
स्थानिय गाउँलेहरुले कोदालोले करिब १० मिटर लम्बाई, ३ मिटर गहिराई र १ मिटर चौडाई बाँध खनि सकेका छन् । गाउँलेहरुले बाँधको ढिस्को, पलस्टर समेत भत्काई बाँधको ८० प्रतिशत भाग भत्काई सकेका स्थानियले बताए । बाँध भत्काउदै गर्दा प्रहरीले ति स्थानिय पिडित किसानहरुलाई रोकेको थियो । एक साता अगाडी बाढीले डुबान उक्त क्षेत्रका तिनै पिडित किसानहरुले पानीको निकासका लागि गण्डक नहर बाँध भत्काउने प्रयास गरेका थिए तर जिल्ला प्रशासनले रोकेको थियो ।
[su_youtube url=”https://youtu.be/ym3plWREugE” width=”920″ height=”940″]
त्यतिबेला नेपाली र भारतीय पक्षबिच पानीको निकास गराउने, क्षतिपुत्र्ति व्यहोर्ने लगायतका विभिन्न बुँदामा सहमति समेत भएको थियो । स्थानियले, सहमति अनुसार काम नभएको गुनासो गर्दै बाँध पुनः भत्काउने प्रयास गरेको बताए । दुई साता अगाडी अबिरल बर्षाले स्थानिय रायपुरवाँ खोलाको बाँध भत्केर सुस्ता गउँपालिकाको छिबनी, सत्तपत्ती, फेचुवा, रुपौलिया, महलबारी, कुडिया लगायतका क्षेत्रहरु बाढी पसेर ति क्षेत्रहरु डुबानमा परेको थियो । गण्डक नहरको लेबर खेत÷गाउँ भन्दा माथि र सैफन, नालाकुलाहरुको सरसफाई नभएको कारण बाढीको निकास हुन सकेन जसकारण उक्त क्षेत्रहरु बाढीको डुबानमा परेको थिए । समस्या सामाधानका लागि यतिबेला सुस्ता गाउँपालिकामा स्थानिय किसान, नेपाली प्रशासन र भारतीय पक्षबिच फेरि बैठक बस्दै छ ।

सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
