डा. केसीलाई सरकारले अपहरणको शैलीमा धरपकट गर्योज : नेपाल चिकित्सक संघ
काठमाडौं
नेपाल चिकित्सक संघले डा. गोविन्द केसीलाई उनको इच्छा विपरीत अनसनस्थलबाट सरकारले धरपकट गरेको भन्दै घोर निन्दा गरेको छ ।
बिहीबार संघले प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीमाथि जुम्लामा भएको घटनाको भर्त्सना गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘कित्सा शिक्षा र स्वास्थ्य सेवाको सुधारका लागि असार १६ गतेदेखि जुम्लामा अनशनरत यस संघका आजीवन सदस्य प्रा. डा. गोविन्द के.सी.लाई उहाँको इच्छा विपरीत, आधारभूत मानव अधिकारको उल्लंघन गर्दै सरकारको तर्फबाट अनसनरत स्थलबाटै धरपकट गरी अपहरणशैलीमा उठाइएको घटनाप्रति नेपाल चिकित्सक संघ घोर भत्र्सना र निन्दा गर्दछ । यस्तो प्रकारको अमानवीय क्रियाकलापको जति निन्दा गरे पनि कमै हुन्छ ।’
संघले अस्पतालजस्तो संवदेशनशील क्षेत्रभित्र लाठी चार्ज, अश्रुग्याँस प्रहार गरी स्वास्थ्यकर्मी तथा सर्वसाधारणलाई गम्भीर घाइते बनाइनु गम्भीर भएको बताएको छ । साथै घटनाका दोषीमाथि छानबिन गरी हदैसम्मको सजाय गर्न संघले जोडदार माग समेत गरेको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट

