जेठ १२, आइतबारको राशिफल
सूर्योदय– ५:१२ बजे, सूर्यास्त– १८:५० बजे र दिनमान ३४ घडी ०६ पला। पञ्चक। व्रत/पर्व-रवि–सप्तमी व्रत, अष्टमी व्रत, गाेरखकाली पूजा,द्विपुष्कर याेग ८ः०१ बजे समाप्ति।
जय गुरु देव !! जय सुर्य देव !!
सत्य सनातन वैदिक धर्मको जय !! जय !! जय !!
आजको- पञ्चाङ्ग
वि.सं. २०७६ जेठ १२,आइतबार, इ.स. २०१९ मे २६,शकसंवत् १९४१, परिधावी संवत्सर,उत्तरायण, ग्रीष्म ऋतु, ने.सं. ११३९ बछलागा, ज्येष्ठ कृष्णपक्ष, सप्तमी, ८:०१ उप्रान्त अष्टमी, नक्षत्र– धनिष्ठा, १२:४९ बजेउप्रान्त शतभिषा, योग– ऐन्द्र, ११:५८ बजेउप्रान्त वैधृति,करण– वव, ८:०१ बजेदेखि वालव, २१:०२ बजेउप्रान्त कौलव, आनन्दादिमा मातंग योग, चन्द्रराशि– कुम्भ, सूर्योदय– ५:१२ बजे, सूर्यास्त– १८:५० बजे र दिनमान ३४ घडी ०६ पला। पञ्चक। व्रत/पर्व-रवि–सप्तमी व्रत, अष्टमी व्रत, गाेरखकाली पूजा,द्विपुष्कर याेग ८ः०१ बजे समाप्ति।
भोलिको- पञ्चाङ्ग
वि.सं. २०७६ जेठ १३, सोमबार,इ.स. २०१९ मे २७, शकसंवत् १९४१, परिधावी संवत्सर, उत्तरायण, ग्रीष्म ऋतु, ने.सं. ११३९ बछलागा, ज्येष्ठ कृष्णपक्ष, अष्टमी, १०:०३ उप्रान्त नवमी, नक्षत्र– शतभिषा, १५:२६ बजेउप्रान्त पूर्वभाद्रपदा, योग– वैधृति, १२:३७ बजेउप्रान्त विष्कम्भ, करण– कौलव, १०:०३ बजेदेखि तैतिल, २३:०३ बजेउप्रान्त गर, आनन्दादिमा अमृत योग, चन्द्रराशि– कुम्भ, सूर्योदय– ५:१२ बजे, सूर्यास्त– १८:५१ बजे र दिनमान ३४ घडी ०८ पला। पञ्चक।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ,उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ,प्रतिस्पर्धामा पनि विजयी भइनेछ, ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्,आजको शुभ अंक १२ रहेको छ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मन बलियो भएकोले अरुको विश्वास जित्न सकिनेछ, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्नेछ,पढाइलेखाइमा प्रगति हुनेछ,सरकारी कडिकडाउको सिकार भइनेछ,आजको शुभ अंक ३ रहेको छ ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
अपराह्नदेखि आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्,कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ,गुरुजनको विशेष सहयोग प्राप्त हुनेछ,आजको शुभ अंक ७ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रमाइलो भ्रमण सम्भावना छ,चिताएको काम समेत सम्पादन हुनेछ,पारमा विशेष लाभ लिने समय छ,व्यावसायिक यात्रा सम्भावना छ,विभिन्न भौतिक साधन जुट्नेछन्,आजको शुभ अंक १० रहेको छ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ,स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,आँटले काम लिन नसक्दा पछि परिनेछ, आजको शुभ अंक ५ रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
पारिवारिक भेटघाटको समय छ,घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ,विशिष्ट व्यक्तित्वसँग सहकार्य गर्ने मौका छ,नयाँ काम गर्ने मौका छ,आम्दानी प्रशस्तै बढ्नेछ,आजको शुभ अंक ११ रहेको छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
चोटपटक लाग्ने, अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ, पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ,शरीरमा आरोग्य र स्फूर्ति बढ्नेछ,आजको शुभ अंक ८ रहेको छ ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने सम्पादन हुनेछन्,विभिन्न सहयोग र उपहार पाइनेछ,महत्वपूर्ण काम बन्नाले हिम्मत बढ्नेछ,आजको शुभ अंक ६ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ, आतिथ्यपूर्ण सम्मान पाइएला,दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ,आजको शुभ अंक ९ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
धार्मिक तथा सेवामूलक क्रियाकलापमा मन जाला, रचनात्मक काम सुरु गर्ने मौका छ,सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ, लामो यात्राको प्रक्रिया अघि बढ्नेछ, आजको शुभ अंक ५ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ,शत्रुहरू किनारा लाग्नेछन्,अस्वस्थ भइने र सानातिना समस्यामै अल्झिनुपर्ने समस्या आउला,आजको शुभ अंक ८ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नयाँ सवारी साधन प्राप्तिको योग छ,आतिथ्यपूर्ण सम्मान पाइएला,सरसफाइ तथा सजावट सम्बन्धी काममा आकर्षित भइनेछ,टाढिएका साथीभाइ नजिकिनेछन्,आजको शुभ अंक १ रहेको छ ।
सम्बन्धित समाचार
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
२०८३ साउन २५ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २४ गते आईतवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २३ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक
एलजीको नयाँ एआई प्रविधिले बदल्दै घरायसी जीवन, नेपालमा सार्वजनिक भयो २०२६ को स्मार्ट उत्पादन शृंखला


