• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०५ जेठ २०८३, मङ्गलबार
०५ जेठ २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ७ घण्टा 

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना
  • ७ घण्टा 

२०८३ जेठ ०६ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २० घण्टा 

सीजी मोटर्सको मल्टी-ब्रान्ड ईभी शोकेस : भृकुटीमण्डपमा ‘महा मेला एक्सचेन्ज कार्निभल’ सुरु हुँदै, के-के छन् आर्कषण?
  • २० घण्टा 

हिरोको विशेष एक्सचेन्ज क्याम्प हुँदै, यस्ता छन् सुबिधा
  • २१ घण्टा 

‘गर्मी बढ्दै छ, तर भान्साको चिन्ता होइन!’ : नेपालीहरूको ‘चिसो साथी’ बन्दै सीजी का ४४ मोडलका रेफ्रिजरेटरहरू
  • २१ घण्टा 

सातै प्रदेशका विद्यार्थीले ‘एनसेल एसईई छात्रवृत्ति’ पाउने
  • २२ घण्टा 

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट
  • २२ घण्टा 

भी-चित्रले जित्यो १५औं एसीईएफ ग्लोबल कस्टमर इन्गेजमेन्ट अवार्ड्स २०२६ मा ‘पीआर एजेन्सी अफ द इयर’ अवार्ड
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. टीसीएल ‘ब्रिजइन’ एसी नेपाली बजारमा : शितलताको नयाँ अनुभव

  • २. नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम अब अनलाइनबाटै लिन सकिने

  • ३. नयाँ ओमोडा इ५ प्रो नेपाल आउँदै

  • ४. क्लासिक टेकप्रति आकर्षण बढ्दो, दुई महिनामै थपिए ३ हजारभन्दा बढी नयाँ ग्राहक

  • ५. जेठ महिनामा अधिकांश बैंकको ब्याजदर सार्वजनिक, केही बैंकले घटाए र केहीले बढाए

  • ६. घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ७. भारतको उत्कृष्ट विद्युतीय स्कुटर ब्राण्ड एम्पीयर अब पोखरामा

  • ८. बानेश्वर र सीतापाइलामा हिरोको नयाँ शोरुम उद्घाटन

  • ९. विद्युतीय सवारीको मोटर क्षमता सम्बन्धमा नाइमाको ध्यानाकर्षण

  • १०. आधुनिक जीवनशैलीसँग मेल खाने गोदरेज एयर कुलरले बढाउँदैछ नेपाली घरको सहजता

बाबा आमाको पर्खाइमा १४ महिनाकी छोरी

admin २०७६, पुष, ११

एजेन्सी । भारतको उत्तर प्रदेशमा नागरिकता विधेयक विरुद्धको प्रदर्शनका क्रममा भएको हिंसाको मामिलामा अहिलेसम्म एक हजारभन्दा बढी पक्राउ परिसकेका छन् । पक्राउ पर्नेहरुमा वाराणसीका रवि शेखर र उनकी श्रीमती एकता पनि छिन् । दुवैलाई पक्राउ गरी जेल पठाइएको छ तर उनीहरुको १४ महिनाकी छोरी बाबा–आमा चकलेट लिएर आउने पर्खाइमा छिन् । नागरिकता विधेयकविरुद्ध १९ डिसेम्बरमा भएको प्रदर्शनमा वाराणसीमा पनि हिंसा भएको थियो ।

हिंसापश्चात् प्रहरीको कथित ज्यादती र प्रदर्शनका क्रममा केही यस्ता व्यक्तिहरु पनि पक्राउ परे जो शान्तिपूर्ण प्रदर्शनमा सहभागीता जनाउन गएका थिए । जसलाई प्रदर्शन हिंस्रक होला भन्ने भेउ समेत लिन सकेका थिएनन् । रवि शेखर र उनकी पत्नी एकता वातावरणसम्बन्धी मुद्दा उठाउँछन् । साथै वाराणसीको सामाजिक गतिविधिमा पनि सक्रिय छन् । वाराणसीमा महमूरगञ्जका रवि र एकता आफ्नी १४ महिने छोरी उनकी हजुरआमा र ठुलीआमालाई छोडेर प्रदर्शनमा सहभागी हुन गएका थिए ।

‘मेरो छोराले कुनै अपराध गरेको छैन । थाहा छैन प्रहरीले निक पक्राउ गरेको । दुवै शान्तिपूर्वक प्रदर्शन गरिरहेका थिए’, रविकी आमा भन्छिन्– ‘यस्ता कार्यक्रममा प्रायः दुवै जना जान्थे । अब यो दुधाली बच्ची आफ्नी आमाविना कसरी रहन सक्छे ?’ रविशेखर र एकताको १९ डिसेम्बरमा वाराणसीको बेनियाबाग इलाकामा प्रदर्शनका क्रममा धारा १४४ को उल्लंघनको आरोपमा पक्राउ परेका थिए ।

रविका दाईले भने, ‘उनीहरु ६०–७० मानिसको समुहका साथ उता मार्च गरिरहेका थिए । प्रहरीले जब रोक्यो तब सबैले गिरफ्तारी दिए । त्यस समय शान्ति भंगमा लगेर फिर्ता पठाइनेछ भनिएको थियो तर दुई दिन त्यहीँ राखेर फेरि २१ डिसेम्बरमा कयौँ धारामा एफआईआर गरी जेल पठाइयो । धारा पनि गम्भीर छैनन् तैपनि जमानत मिलेको छैन ।’ रवि र एकता समेत गरी ५६ प्रदर्शनकारी र केही अज्ञात मानिसहरुका विरुद्ध ३३२, ३५३, ३४१ जस्ता धाराहरुमा मुद्दा दर्ता गरिएको छ ।

बच्चीलाई लाखौँ पटक सम्झाइन्छ तर उनी आमा–बाबा सोधिरहन्छिन् । रविशेखरकी आमा शीला आँखा आँशुले टिल्पिलाएका छन् । तिवारी भन्छिन्– ‘केही खान पनि मान्दिन । आमा बुवाको तस्विर हेरेर बोलाइरहन्छे । हामी झुटो आश्वासन दिइरहेका छौँ कि तिम्रो आमा बुवा अफिस गएका छन्, एकैछिनमा आइहाल्छन् ।’ उता वारणसी प्रहरी भने पक्राउ परेका सबैविरुद्ध हिंसा भड्काएको पर्याप्त प्रमाण छ ।

वाराणसीका जिल्ला अधिकारी कौशलराज शर्मा भन्छन्– ‘पक्राउ परेका सबैविरुद्ध पर्याप्त आधारहरु छन् । गैरकानूनी तरिकाबाट मानिसहरु जम्मा भएका कारण शहरमा तनाव बढेको थियो । विभिन्न किसिमका भड्काउने खालका नारा लेखिएको पोस्टर समेत फेला परेको छ ।’ नागरिकता कानुनविरुद्ध नरेन्द्र मोदीको संसदीय क्षेत्र वाराणसीमा पनि मानिसहरुले ठुलो प्रदर्शन गरेका थिए । बेनियाबाग इलाकामा हजारौँ संख्यामा मानिसहरु सडकमा उत्रिएपछि अचानक स्थिति नियन्त्रणबाहिर गयो । प्रहरीले लाठीचार्ज गर्नुपर्यो ।

प्रत्यक्षदर्शीका अनुसार प्रदर्शनकारीहरुलाई प्रहरीले खेदेको थियो । यद्यपी रविका परिवारका अनुसार उनीहरुलाई हंगामा हुनुभन्दा पहिले नै हिरासतमा लिइएको थियो । भारतमा नागरिकता विधेयकविरुद्ध अझै पनि प्रदर्शन जारी छ । मोदी सरकारले नागरिकता सम्बन्धी विधेयकमा मुस्लिमबाहेक अन्य आप्रवासीलाई धार्मिक आधारमा नागरिकता दिन सकिने व्यवस्था गरेपछि यसको विरोध भएको हो । संशोधन हुनुअघि नागरिकतासम्बन्धी भारतको ६४ वर्ष पुरानो कानुनले गैरकानुनी आप्रवासीहरूलाई भारतीय नागरिक हुन दिँदैनथ्यो ।

यसअघिको कानुनी व्याख्यामा गैरकानुनी आप्रवासीहरू भनेका वैध राहदानी वा यात्रासम्बन्धी कागजपत्र नभईकनै भारत प्रवेश गर्ने वा अनुमति दिइएकोभन्दा बढी समय भारतमा बिताउने मानिसहरू भन्ने थियो । गैरकानुनी आप्रवासीलाई उनीहरूकै देश फिर्ता पठाउने वा जेल हाल्न सकिने अहिलेको व्यवस्था छ । भारतको नागरिकता लिनको लागि त्यहाँ कम्तीमा ११ वर्ष बसेको वा काम गरेको हुनुपर्ने व्यवस्थालाई पनि अब फेरिनेछ ।

अब हिन्दू, सिख, बौद्ध, जैन, पारसी र इसाई धर्म मान्ने समुदायका लागि उनीहरू पाकिस्तान, बाङ्ग्लादेश र अफगानिस्तानबाट आएको प्रमाण पेस गर्न सकेमा उक्त कानुनअन्तर्गत विशेष व्यवस्था हुनेछ । छ वर्ष मात्र भारतमा बसेको वा काम गरेको भरमा उनीहरूले अङ्गीकृत नागरिकता पाउन सक्नेछन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
विश्वकप फुटबल २०२६ को काउन्टडाउन सुरु, नेपाली समयअनुसार कुन खेल कति बजे ?
डोङफेङ ‘नामी भिगो’ ईभी एसयुभी दक्षिण अफ्रिकामा सार्वजनिक, आकर्षक फिचरसहित
डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना

ताजा

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

२०८३ जेठ ०६ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

सीजी मोटर्सको मल्टी-ब्रान्ड ईभी शोकेस : भृकुटीमण्डपमा ‘महा मेला एक्सचेन्ज कार्निभल’ सुरु हुँदै, के-के छन् आर्कषण?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.