• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०३ जेठ २०८३, आइतबार
०३ जेठ २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सुनको मुल्य बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?
  • ७ घण्टा 

अण्डाको उत्पादन घट्दा मूल्य भने बढ्यो
  • ७ घण्टा 

१० महिनामा नेपालमा ४५ अर्बभन्दा बढी वैदेशिक लगानी भित्रियो
  • ८ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ९ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • ९ घण्टा 

२०८३ जेठ ०४ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

पोखरामा बजाज चेतक ईभीको विस्तार, प्रिमियम विद्युतीय यात्रातर्फ अर्को कदम
  • १ दिन 

विद्युतीय सवारीको मोटर क्षमता सम्बन्धमा नाइमाको ध्यानाकर्षण
  • १ दिन 

नयाँ ओमोडा इ५ प्रो नेपाल आउँदै
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम अब अनलाइनबाटै लिन सकिने

  • २. नयाँ ओमोडा इ५ प्रो नेपाल आउँदै

  • ३. एसइईको ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

  • ४. क्लासिक टेकप्रति आकर्षण बढ्दो, दुई महिनामै थपिए ३ हजारभन्दा बढी नयाँ ग्राहक

  • ५. घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ६. भारतको उत्कृष्ट विद्युतीय स्कुटर ब्राण्ड एम्पीयर अब पोखरामा

  • ७. आजदेखि सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु

  • ८. बानेश्वर र सीतापाइलामा हिरोको नयाँ शोरुम उद्घाटन

  • ९. विद्युतीय सवारीको मोटर क्षमता सम्बन्धमा नाइमाको ध्यानाकर्षण

  • १०. ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

भन्सार एजेन्ट भएर काम गर्ने ? ६६० जनाको लागि खुल्यो आवेदन

admin २०७७, चैत्र, १८

काठमाडौं । भन्सार विभागले भन्सार एजेन्टको इजाजतपत्र (लाइसेन्स)को लागि आवेदन खुल्ला गरेको हो । विभागले सोमबार एक सूचना जारी गरी ६ सय ६० जना भन्सार एजेन्टको नयाँ लाइसेन्सका लागि दरखास्त खुल्ला गरेको हो ।

भन्सार एजेन्टको लागि दरखास्त दिन चाहने योग्य उम्मेदवारले आगामी वैशाख ५ गतेसम्म सिंगल दस्तुर र वैशाख १२ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् । ३ हजार रुपैयाँ तिरेर आवश्यक काजपत्र विभागको अनलाइनबाट नै दरखास्त दिन सकिनेछ ।

२१ वर्ष उमेर पुगेको नेपाली नागरिक, मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक वा सो सरह उत्तीर्ण गरी कम्प्यूटर सम्बन्धी कम्तीमा तीन महिनाको आधारभूत तालिम लिएको, नेपाल सरकारलाई तिर्न बुझाउन पर्ने रकम बाँकी नभएको र कुनै फौजदारी अभियोगमा अदालतबाट कसूरदार प्रमाणित नभएको नेपाली नागरिकले दरखास्त दिन सक्नेछन् ।

२०६५ सालमा भन्सार एजेन्टको प्रतिनिधि नियुक्त भई दुई वर्ष काम गरेको व्यक्तिलाई सम्बन्धित भन्सार कार्यालय प्रमुखले सो व्यहोरा प्रमाणित गरेमा शैक्षिक योग्यता आवश्यक पर्दैन । काम गरेकालाई आईए वा सो सरहको योग्यता भए पुग्छ । तर, परीक्षामा सबै समान रूपमा सहभागी भने हुनुपर्छ ।

विभागले लिखित परीक्षा तथा अन्तर्वार्ताको माध्यमद्वारा दरखास्तवाला मध्येबाट भन्सार एजेन्टको इजाजतपत्र दिन उपयुक्त व्यक्तिहरूको छनोट गर्नेछ । त्यसरी छनोट भएको व्यक्तिसँग भन्सार एजेण्टको इजाजतपत्र दस्तुर वापत सात हजार रूपैंयाँ र धरौटी वापत सात लाख रूपैंयाँ नगद वा सो रकम बराबरको बैङ्क जमानत लिई विभागमा दरखास्त दिनेको हकमा विभागले र भन्सार कार्यालयमा दरखास्त दिनेको हकमा सम्बन्धित भन्सार कार्यालयले अनुसूची–६ बमोजिमको ढाँचामा भन्सार एजेन्टको इजाजतपत्र दिनु पर्नेछ ।

भन्सार एजेन्टको इजाजतपत्रको अवधि एक आर्थिक वर्षसम्म कायम रहनेछ । यस्तो इजाजतपत्र नवीकरण गराउन चाहने इजाजतपत्रवालाले प्रत्येक आर्थिक वर्षका लागि सो आर्थिक वर्ष शुरु हुनु अगावै नवीकरण दस्तुर वापत सात हजार रूपैंयाँ तिरी कर चुक्ताको प्रमाणपत्र, बैङ्क जमानत राखी भन्सार एजेण्टको इजाजतपत्र लिएको भए त्यस्तो इजाजतपत्र नवीकरण गराउन चाहेको अवधिसम्म म्याद भएको बैङ्क जमानतको कागजात संलग्न गरी त्यस्तो इजाजतपत्र नवीकरण गराउनका लागि इजाजतपत्र दिने अधिकारी समक्ष निवेदन दिनु पर्नेछ तर भन्सार एजेन्टको इजाजतपत्र नवीकरण गराउन चाहने इजाजतपत्रवालाले तीन आर्थिक वर्षको निमित्त एकैपटक नवीकरण गराउन चाहेमा तीन आर्थिक वर्षको नवीकरण दस्तुर एकमुष्ठ तिरेर नवीकरण गराउन सक्ने व्यवस्था छ ।

के हो भन्सार एजेन्ट ?
एउटा देशबाट अर्को देशमा निकासी तथा पैठारी हुने वस्तुको भन्सार क्लियरेन्सका लागि त्यस्तो निर्यातकर्ता वा आयातकर्ता व्यक्तिले नियुक्त गर्ने आधिकारिक प्रतिनिधि भन्सार एजेन्ट हो । भन्सार एजेन्टले क्रसबोर्डर तस्करी रोक्न, आयातीत वस्तुको शुल्क र ट्यारिफ व्यवस्थित रुपमा संकलन गर्न, बौद्धिक सम्पत्तिको अधिकार रक्षा गर्न, स्थानीय बजार तथा उपभोक्ताको हित रक्षा गर्न तथा अन्तर्राष्ट्रिय दायित्वहरु पूरा गर्न भूमिका खेल्दछन् ।भन्सार एजेन्टले विदेशबाट नेपाल आउने सामान र नेपालबाट विदेश जाने वस्तुको आयात–निर्यातमा सहजीकरण गर्ने छन् । भन्सार भन्सार एजेन्टको लाइसेन्सको लागि २०५६ सालदेखि परीक्षा हुन सकेको थिएन । विभागले २० वर्षअघि ४०० भन्सार एजेन्टलाई लाइसेन्स दिएको थियो । त्यसबेला लाइसेन्स लिएका एजेन्टमध्ये अहिले १७० मात्रै काममा रहेको जनाइको छ । २० वर्ष पहिले एजेन्टको लाइसेन्स लिंदा परीक्षा भएको थिएन । तर यस वर्ष भने विभागले परीक्षा लिएर नै नयाँ लाइसेन्स दिन लागेको हो ।

हेर्नुहोस् सूचना

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
१० महिनामा नेपालमा ४५ अर्बभन्दा बढी वैदेशिक लगानी भित्रियो
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?

ताजा

सुनको मुल्य बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?

अण्डाको उत्पादन घट्दा मूल्य भने बढ्यो

१० महिनामा नेपालमा ४५ अर्बभन्दा बढी वैदेशिक लगानी भित्रियो

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.