‘नेपालमा दैनिक ११ हजार, असार सम्ममा ६ लाख संक्रमित पुग्न सक्ने’
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले नेपालमा दैनिक ११ हजारसम्म कोरोना भाइरसका संक्रमितहरु थपिन सक्ने बताएका छन् । मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले दैनिक संक्रमित ११ हजार र कुल संक्रमितको संख्या ६ लाख पुग्न सक्ने बताएका हुन् ।
‘दैनिक ११ हजार संक्रमित थपिन सक्छन्, असारसम्म संक्रमितको संख्या ६ लाख पुग्न सक्छ’, मन्त्री त्रिपाठीले भने, ‘अहिलेको ट्रेन्डका आधारमा यो प्रक्षेपण गरिएको हो । त्यसका लागि आवश्यक तयारी पनि गरिएको छ ।’ जेठ अन्तिम साता र असार पहिलो सातामा संक्रमण उत्कर्षमा पुग्न सक्ने र त्यतिबेला दैनिक संक्रमितको संख्या ११ पुग्न सक्ने बताएका हुन् ।
मन्त्री त्रिपाठीले अहिले युवा र कम उमेर समूहमा नयाँ भेरियन्टको संक्रमण देखिएका कारण थप सचेत हुनुपर्ने बताए । मन्त्री त्रिपाठीले नाकाहरूमा होल्डिङ सेन्टर र क्वारेन्टिन स्थलहरू थप गर्ने, अस्पताललाई तयारी अवस्थामा राख्नका लागि उपकरण र सुरक्षा सामग्रीको रेकर्ड संकलन गर्ने काम भइरहेको बताए ।
सम्बन्धित समाचार
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

