नेपालगन्जका तीन वटा वडा हट स्पटमा
जानकारी केन्द्र
२०७८, बैशाख, ६
नेपालगन्जमा कोरोना भाइरसको संक्रमण दर उच्च हुँदै गएको छ । एक साता यता कोरोनाको ग्राफ अप्रत्याशित रुपले बढेको छ । केही दिनयता त स्वाब परीक्षण गराएका झण्डै सतप्रतिशतमा कोरोना संक्रमण कोरोना देखिएको छ ।नेपालगन्जका वडा नम्बर १०, १२ र १८ मा कोरोना अप्रत्याशित रुपले फैलिएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताएका छन् ।
नेपालगन्जको वडा नम्बर १० भृकुटीनगर, वडा नम्बर १२ कोरियनपुर र वडा नम्बर १८ कारकाँदोमा कोरोना संक्रमणदर उच्च रहेका छन् । चिन्ह वा लक्षण देखिएर अस्पतालसम्म पुगेकाहरुमा यो अवस्था देखिँदा समुदायस्तरमा कोरोना भुसको आगो झै फैलिसकेको सहजै अनुमान गर्न सकिन्छ । पहिलो लहरको कोरोनाले नराम्ररी गाँजेको नेपालगन्जलाई दोस्रो लहरले अझ बढी घेरेको छ । नेपालगन्जका तीन वटा वडा अहिले कोरोनाको ‘हटस्पट’ नै बनेका छन् ।
सम्बन्धित समाचार
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

