महिलाले आफ्ना श्रीमानलाई कुकुरलाई झैं सडकमा घुमाइन्, ट्रोल भएपछि दिइन् यस्तो स्पष्टिकरण
ब्राजिलकी एक महिलाले आफ्ना श्रीमानलाई कुकुरलाई झैं सडकमा घुमाइरहेको देखिइन् । यस्तो गरिरहेको तस्बिर सोसल मिडियामा सार्वजनिक भएपछि मानिसहरु चकित परे । महिलाले आफ्ना श्रीमानको घाँटीमा एउटा चेन लगाएकी थिइन् । यस्तो गर्नुको पछाडि उनले जे कारण दिइन् त्यो निकै रोचक छ ।
‘डेली स्टार’ को रिपोर्ट अनुसार महिलाको नाम लुआना कजाकी र उनका श्रीमानको नाम आर्थर ओउर्सो हो । यी दुईलाई ब्राजिलको एक भीडभाडयुक्त रेलवे स्टेशन र सडकमा फोटो खिचाइरहेको देखिए । फोटोमा देखिए अनुसार लुआनाले आफ्ना श्रीमान् आर्थरलाई कुकुरलाई झैं व्यवहार गरिरहेकी छिन् ।
आर्थरको घाँटीमा एउटा चेन थियो जसलाई लुआनाले समातिरहेकी थिइन् । उनले आफ्ना श्रीमानलाई चेनको सहारामा घुमाइरहेकी थिइन् । आर्थरको अनुहारमा एउटा मुखौटा थियो । लुआना कजाकीका अनुसार उनीहरुले आफूबीच ‘प्रेम र रोमान्स’ बढाउनका लागि यस्तो गरेका थिए ।
एक अन्तरवार्तामा लुआनाले भनिन्, ‘मानिसहरुले के सोच्लान् भनेर मलाई यसमा केही फरक पर्दैन । मैले कुनै गैरकानूनी काम गरेकी होइन । हामीले कसैलाई समस्यामा नपारिकन यस्तो काम गरेका हौं । हाम्रो मान्यता यो छ कि यसले हामीबीचको प्रेम र कामेच्छा बढाउँछ ।’
लुआना आफ्ना श्रीमान् आर्थरलाई कुकुरलाई बाँध्ने फित्ताजस्तोले बाँधेर घुमाइरहेको देखिए । यो जोडीले फोटोसुट पनि गराए । यतिबेला लुआनाका श्रीमान् कुकुर झैं भुइँमा बसिरहेको देखिए, यसका केही तस्बिर पनि सार्वजनिक भएका छन् ।
सम्बन्धित समाचार
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहाेस् घरमा मिठाे पराठा
कति छ बलिउड अभिनेता धर्मेन्द्रको सम्पत्ति, सुनेर छक्कै पर्नुहुनेछ
विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत
संसारको यस्तो गाउँ, जहाँ भाइबहिनी हुन्छ बिबाह तर देखियाे समस्या
पुटिनका १० बर्षीय छोराका पहिलो पटक तस्विर सार्बजनिक, जान्नुहोस् पुटिन परिवारका बारेमा
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
