नेपालमा ओमिक्रोन भाइरसको जोखिम
नेपालमा ओमिक्रोन भाइरसको जोखिम बढेसँगै स्वास्थ्य मन्त्रालयले जरुरी कामबाहेक विदेश भ्रमण नगर्न आग्रह गरेको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले विदेश भ्रमण नगर्न र सावधानी अपनाउन आग्रह गरेको हो ।
विश्व स्वास्थ्य संगठनले भेरिएन्ट अफ कन्सर्नको सूचीमा राखेको कोरोनाभाइरसको नयाँ प्रजाति ओमिक्रोन नेपालमा फेला नपरिसकेको जनाउँदै मन्त्रालयले सतर्कता अपनाउन समेत भनेको छ ।
उक्त भेरिएन्टको रोकथामका लागि आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको समेत मन्त्रालयले जनाएको छ । समयमै सावधानी अपनाएर भेरिएन्टलाई नेपाल प्रवेश गर्न नदिन र जनजीवनलाई सामान्य राख्न सरकारले आग्रह गरेको हो ।
यो भेरिएन्ट बढी संक्रामक देखिएको र सबै उमेर समूहलाई असर पर्ने देखिएको समेत मन्त्रालयले जनाएको छ । साथै, मन्त्रालयले पायक पर्ने ठाउँमा गएर खोप लगाउन समेत आग्रह गरेको छ ।
सम्बन्धित समाचार
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

