नातिनीलाई यौन धन्दामा लगाउने हजुर आमा पक्राउ
काठमाडौं । अर्घाखाँचीमा नातिनीलाई यौन धन्दामा लगाउने हजुर आमा पर्ने एक महिला पक्राउ परेकी छन् ।
गत जेठ १ गतेदेखि एक युवकद्वारा पटकपटक बालिकालाई बलात्कारको शिकार बनाउनमा ४० बर्षीया उनी मुख्य सहयोगी रहेको प्रहरीले जनाएको छ ।।
सन्धिखर्क नगरपालिकाकी १४ बर्षीया बालिकालाई सितगंगा नगरपालिका–१४ का २२ वर्षीय ओमप्रकाश न्यौपानेले त्यसरी पटक पटक बलात्कार गर्ने गरेको यहि असार ५ गते जाहेरी परेको थियो । पीडित पक्षले दिएको जाहेरीमा गत जेठ १ गते राती ती महिलाले बालिकाको घरबाट परिवारलाई कुनै जानकारी नगराई चाउचाउ, बिस्कुट खान जाउँ भन्ने आश्वासन दिदै अन्य लोभ लालचसमेत देखाउँदै बालिकालाई बलात्कारको शिकार बनाएको उल्लेख छ ।
अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी अम्मरबहादुर थापा क्षेत्रीले उनले त्यस यता पनि आफ्नो घरमा र पटकपटक जंगल लगायत स्थानमा लगेर न्यौपानेबाट बलात्कार गराई पैसा समेत लिने गरेको पाईएकोले ती दुबैलाई पक्राउ गरिएको बताए । उनीहरु दुवै विरुद्ध मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी कसुरमा मुद्धा दर्ता गरि अदालतमा पेश गरेर ६ दिन म्याद थप्दै अनुसन्धान अगाडी बढाईएको डिएसपी थालाले जानकारी दिए ।
यसैगरी, बलात्कारपछि उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएको र कक्षा ६ मा पढ्ने उनी विद्यालय जान पनि छाडेको जनाइएको छ । त्यसतै, उनी घरमा समेत बेलाबेला बर्बराउँदै मध्यरातमा बाहिर जाने गरेकी छन् ।
बालिकालाई बलात्कार गरे, गराए पश्चात उनलाई कसैलाई जानकारी दिए कुट्ने मार्ने लगायतको धम्की दिदै थप मानसिक पीडा दिदै आएको समेत जनाइएको छ ।
सम्बन्धित समाचार
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

