जापानमा पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार
काठमाडौं । जापानको पश्चिम क्षेत्रमा नारा भन्ने स्थानमा सडक भाषण दिइरहेको अवस्थामा पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ ।
उनीलाई पछाडिबाट गोली प्रहार भएको हो । उनलाई हाल नारा मेडिकल युनिभर्सिटीमा भर्ना गरिएको छ । उनको अवस्था गम्भीर छ । जापानका मिडियाहरुले उनी हाल बेहोस अवस्थामा रहेको जनाएका छन् । गोली लागेको ठाउँबाट रगत बगिरहेको कारण हृदयाघातको अनुमान गरिएको छ । उनलाई तत्कालै हेलिकप्टरमार्फत् उपचारका लागि अस्पताल लगिएको थियो ।
त्यस्तै, गोली प्रहार गर्ने व्यक्ति पनि हाल नियन्त्रणमामा रहेका जनाइएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेका छन् ।
सन् २०२० मा आबेले प्रधानमन्त्री पद छाडेका थिए । तर उनी अझै पनि सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीमा प्रभावशाली नेता मानिन्छन् । यही जुलाई १० तारिखमा हुने माथिल्लो सदनको चुनावी अभियान अन्तर्गत उनले सो भाषण गरिरहेका थिए ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
चीनले विकास गर्यो धुलोभन्दा सानो चिप्स,पानीमुनी रहेका जहाज (पनडुब्बी) पत्ता लगाउन सक्ने दाबी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

