काठमाडौं । मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको परिषद् बैठकले अब लुम्बिनीमा विद्युतीय बस सेवा सञ्चालन गर्ने निर्णय गरेको छ ।
मन्त्रालयका अनुसार बैठकले एक महिनाभित्र विद्युतीय बस सेवा सञ्चालन गर्ने जनाएको छ । मन्त्री श्रेष्ठले लुम्बिनी जाने पर्यटकलाई सुविधायुक्त र सहज अवलोकनका लागि विद्युतीय बस सञ्चालनको निर्णय गरिएको बताए । त्यस्तै, कोषको परिषद् बैठकले लुम्बिनी गुरुयोजनाको काम चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने जनाएको छ ।
यसैगरी, विभिन्न बौद्धस्थललाई समेटेर बनाइने दीर्घकालीन गुरुयोजना निर्माणको प्रारम्भिक खाका दुई महिनाभित्र तयार गरिने जनाइएको छ ।




