अमेरिका पठाई दिन्छु भनी ठगी गर्ने लाइ प्रहरीले यसरी समात्यो-जानकारी केन्द्र
admin
२०७२, कार्तिक, २०
चर्च मार्फत अमेरिका पठाई दिन्छु भनी ठगी गर्ने ललितपुर उपमहानगरपालिका–१६ बस्ने पावेल भन्ने प्रवेक डंगोललाई प्रहरीले पक्राउ गरेको छ ।
डंगोलले दोलखा मालि–१ घर भई बौद्ध बस्ने आङ छिरी शेर्पा लगायत ७ जनालाई आफु चर्चको पास्टर रहेको र प्रतिव्यक्ति २५ लाख दिएमा चर्च मार्फत अमेरिका पठाई दिने प्रलोभन देखाई ४७ लाख ५० हजार रुपैयाँ लिई नक्कली भिषा र टिकट समेत दिएर ठगी गरेका थिए ।
डंगोलले आफुहरुलाई ठगी गरेको भनी पीडितहरुले महानगरीय अपराध महाशाखामा जाहेरी दिए पश्चात खटिएको प्रहरी टोलीले बुधबार डंगोललाई काठमाडौँ जडिबुटीबाट पक्राउ गरी ठगी मुद्धामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाएको प्रहरीले जानकारी केन्द्रलाइ बताएको छ ।