मिर्गौलापीडितको उपचारमा १५ लाख सहयोग
काठमाडौँ । मिर्गौला रोगबाट पीडित ताराखोला गाउँपालिका–५ करिमेलाका सङ्कल रोकाको उपचारमा रु १५ लाख ३५ हजार सहयोग जुटेको छ । पच्चीस वर्षीय उनको मिर्गौला प्रत्यारोपणका लागि गत साउनदेखि आर्थिक सहयोग अभियान चलाइएको हो ।
स्थानीय नवसिर्जना र असारे युवा क्लबको संयुक्त पहलबाट सङ्कलित सो रकम रोकाका परिवारजनलाई हस्तान्तरण गरिएको नवसिर्जना युवा क्लबका अध्यक्ष पूर्णभद्र न्यूरेले जानकारी दिए । त्यसमध्ये रु ६५ हजार बहराइनमा रहेका जीवन रोका मगरको अगुवाइमा सङ्कलन भएको हो ।
मिर्गौला प्रत्योरापणका लागि अर्थाभाव भएपछि रोकाका परिवारजनले सहयोगको याचना गरेका थिए । परिवारको आग्रहमा स्थानीय दुई क्लब मिलेर चलाएको अभियानमा देश–विदेशबाट सहयोग रकम जुटेको हो । दुवै मिर्गौलाले काम गर्न छाडेपछि रोका अहिले सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा उपचाररत छन् ।
दिदी पूर्णमायाको मिर्गौला रोकामा प्रत्यारोपण गर्ने तयारी भइरहेको जनाइएको छ । आफन्त र शुभेच्छुकहरूको सहयोगबाट आर्थिक जोहो भएपछि रोकाका परिवारजन अब उपचार सफल हुनेमा आशावादी छन् । उपचारका क्रममा थप रकम चाहिने भएकाले इच्छुकलाई सहयोग गर्न आग्रह गरिएको छ ।
नौ महिनाअघि रोजगारीका लागि विदेश जानुपूर्व स्वास्थ्य जाँच गर्दा रोकामा मिर्गौलाको समस्या देखिएको थियो । त्यसअघि तीन वर्ष कतार र एक वर्ष युएईमा काम गरेर फर्केका उनी पुनः रोजगारीका लागि बहराइन जाने तयारीमा थिए । अकस्मात मिर्गौलामा समस्या देखिएपछि उनी विदेश जान नपाइ घर फर्कनुप¥यो ।
कमाउन विदेश हिँड्नुभएका रोका उल्टै बिरामी परेर घर फर्केपछि परिवारमा पनि समस्या आइपरेको छ । रोकाको परिवारलाई आर्थिक सहायताका लागि सङ्कल रोकाका नाममा प्रभु बैंकमा रहेको खाता नं ०६००१५१२५३२०००१६ रकम जम्मा गर्न सकिने छ ।
सम्बन्धित समाचार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर
भक्तपुरमा भेस्पा र अप्रिलियाको आधुनिक सुविधासहित नयाँ शोरुम सञ्चालनमा
पोखरामा एसएमएल महिन्द्राको निःशुल्क सर्भिस क्याम्प, बिक्रीपछिको सेवामा जोड
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

