अर्थमन्त्रीद्वारा आन्तरिक राजस्व विभाग र भन्सार विभागका कार्यालय प्रमुख तथा कर्मचारीलाई निर्देशन
काठमाडौँ । राजस्व संकलनको वर्तमान अवस्था एवम् तोकिए वमोजिमको राजस्व संकलनको लक्ष्य हासिल गर्न चाल्नुपर्ने कदमका सम्वन्धमा माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलज्यूले हिजो आन्तरिक राजस्व विभाग र भन्सार विभाग अन्तर्गतका सवै कार्यालयका प्रमुख एवम् कर्मचारीहरुलाई निर्देशन दिए ।
कार्यक्रममा माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्रीज्यूले राजस्वको लक्ष्य र संकलनको अन्तर ठूलो रहेको हुंदा लक्ष्य बमोजिमको राजस्व संकलन गर्न राजस्व प्रशासनमा कार्यरत सबैको साझा प्रतिवद्धताका लागि बैठकको आयोजना गरिएको बताउंदै सबैलाई आ(आफ्नो परिभाषित जिम्मेवारी पुरा गर्न निर्देशन दिए । आजैदेखि दैनिक रुपमा राजस्व संकलनमा उल्लेखनीय सुधार आउनुपर्ने बताउंदै हालसम्मको राजस्वको न्यूनता पुरा गरी लक्ष्य अनुसार राजस्व संकलन गर्न सोही बमोजिमको कार्ययोजना तयार गरी कार्य सम्पादन गर्न निर्देशन दिए । उनले राजस्व परिचालनका लागि विभाग तथा कार्यालयहरुलाई मन्त्रालयबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण हुने उल्लेख गर्दै कर कानूनको परिपालना गराउंदा गल्ति गर्नेलाई छुट नदिन तथा निर्दोषलाई त्रसित नपार्न समेत निर्देशन दिए ।
उनले स्थानीय प्रशासन र सुरक्षा निकायसंगको समन्वयमा सीमा नाकाबाट हुने चोरी पैठारी नियन्त्रण गर्न र व्यापार सहजीकरण गर्दै भन्सार जांचपासलाई वास्तविक र यथार्थपरक वनाउन निर्देशन दिए । त्यस्तै, कार्यालयहरुका लागि तोकिएको कार्यगत सूचकहरु प्राप्तिमा केन्द्रित हुन र करदातालाई कर तिर्ने सहज वातावरण सिर्जना गरी कर परिपालना वढाउन निर्देशन दिए । सुशासन, सदाचारिता, नैतिकता, इमान्दारिता र व्यावसायिकतालाई मूलमन्त्र मानी कार्य गर्न समेत निर्देशन दिए ।
भर्चुअल माध्यमबाट आयोजना गरिएको उक्त कार्यक्रममा अर्थ सचिव, राजस्व सचिव, मन्त्रालयका महाशाखा प्रमुख, विभागीय प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशकले तोकिए बमोजिमको राजस्व लक्ष्य हासिल गर्न प्रतिवद्धता जनाएका थिए ।
सम्बन्धित समाचार
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
आज पनि पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहने
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
