सत्ता गठबन्धनले टुंग्यायो प्रदेशको भागबण्डा, कहाँ कसको सरकार ?
काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुबीच प्रदेश सरकार गठनको बाँडफाँट टुंगिएको छ । दलहरुबीच आइतबार साँझ बालुवाटारमा भएको छलफलमा बाँकी रहेका ६ वटा प्रदेशको पनि बाँडफाँट भएको हो । जसमा गण्डकी र लुम्बिनीमा एमालेले सरकार बनाउने छ ।
बागमती र सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो गर्ने, मधेस प्रदेशमा जसपा र जनमतले आलोपालो सरकार बनाउने र कर्णालीमा माओवादीले सरकार बनाउने सहमति भएको हो ।
यस्तै प्रदेशका अन्य मुख्य पदमा पनि दलहरुबीच भागबण्डा भएको छ । मधेस र कर्णाली प्रदेशसभा सभामुख एमालेले पाउने छ भने प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमको सभामुख माओवादीले पाउने छ ।
यस्तै बागमती प्रदेशसभा सभामुख राप्रपाले लिने भएको छ । यसैगरी, प्रदेश १ र गण्डकीको उपसभामुख एमाले, बागमती र कर्णालीको उपसभामुख माओवादीले लिने छ ।
यस्तै लुम्बिनीको उपसभामुख राप्रपा र मधेस प्रदेशको उपसभामुख जनमत पार्टीलाई दिने सहमति भएको छ । सुदूरपश्चिमको उपसभामुख नागरिक उन्मुक्ति पार्टीलाई प्रस्ताव गरिएको छ । प्रदेश १ को मुख्यमन्त्रीमा भने एमालेका हिक्मत कार्की नियुक्त भइसकेका छन् ।
मुख्यमन्त्री :
प्रदेश १ – एमाले
मधेश – जनता समाजवादी अनी जनमत पार्टी आलोपालो
बाग्मती – माओवादी अनी एमाले आलोपालो
गण्डकी – एमाले
लुम्बिनी – एमाले
कर्णाली – माओवादी केन्द्र
सुदूरपश्चिम – एमाले अनी माओवादी आलोपालो
सभामुख :
प्रदेश १ – माओबादी
मधेस – एमाले
बाग्मती – राष्ट्रिय प्रजातन्त्र पार्टी
गण्डकी – माओबादी
लुम्बिनी – माओबादी
कर्णाली – एमाले
सुदूरपश्चिम – माओवादी
उपसभामुख:
प्रदेश १ र गण्डकी – एमाले
मधेश प्रदेश- जनमत पार्टी
बागमती र कर्णाली – माओवादी
लुम्बिनी – राप्रपा
सुदूरपश्चिम- नागरिक उन्मुक्ति पार्टी ।
सम्बन्धित समाचार
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
आज पनि पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहने
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
