रियाललाई हराउँदै बार्सिलोनाले उचाल्यो सुपर कपको उपाधि
काठमाडौँ । युवा खेलाडी गाभी र पेड्री तथा रोबर्ट लेवानडोवस्कीको गोलमा बार्सिलोनाले आइतबार राति चिर प्रतिद्वन्द्वी रियाल मड्रिडलाई ३–१ ले हराउँदै स्पेनिस सुपर कपको उपाधि जितेको छ ।
साउदी अरबको रियादस्थित किंग फाहद अन्तर्राष्ट्रिय रंगशालामा बार्सिलोनाले ३३औँ मिनेटमा गाभीको गोलबाट अग्रता लिएको थियो । गाभीले लेवानडोवस्कीको पासमा गोल गरेका हुन् । रियालभन्दा हरेक पक्षमा सबल देखिएको बार्सिलोनाले पहिलो हाफको इन्ज्युरी समयमा अग्रता दोब्बर बनायो । गाभीको पासमा लेवानडोवस्कीले गोल गरेका थिए ।
६९औँ मिनेटमा पेड्रीले तेस्रो गोल थपे । इन्ज्युरी समयमा करिम बेन्जेमाले गरेको गोल रियालका लागि सान्त्वना बन्यो । बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले नियमित फर्मेसन ४–३–३ मा परिवर्तन गर्दै मिडफिल्डर थपेका थिए । उनले लेवानडोवस्कीलाई अग्रपंक्तिमा खेलाएका थिए । जाभीले आश्चर्यजनक रूपमा टिमलाई ४–२–३–१ को फर्मेसनमा ढालेका थिए ।
यस्तै, रियालका भिनिसियस जुनियरलाई रोक्न सेन्टर ब्याक रोनाल्ड अराउजोलाई राइट ब्याकमा खेलाएका थिए । अराउजो भिनिसियस जुनियरलाई रोक्न सफल पनि भए ।
“हामीले मिडफिल्डलाई बलियो बनायौँ । र, भिनिसियसको काउन्टर अट्याकहरू रोक्न अराउजोले साँच्चै राम्रो प्रदर्शन गरे । हामीले तिनीहरूलाई कुनै विकल्प दिएनौँ,’’ बार्सिलोनाका कप्तान सर्जियो बुस्केटले भने, “हामीलाई थाहा थियो कि यो एउटा अवसर हो, हामीले सदुपयोग गर्नुपर्छ । हाम्रो क्लब र ड्रेसिङ रुम परिवर्तनको समयबाट गुज्रिरहेको छ । यो जितले हामीलाई थप उपाधिका लागि संघर्ष जारी राख्न मजबुद बनाउने विश्वास छ ।’’
रियाल र बार्सिलोना स्पेनिस ला लिगामा पनि उपाधि संघर्ष गरिरहेका छन् । ला लिगामा बार्सिलोना १६ खेलबाट ४१ अंक जोड्दै शीर्ष स्थानमा छ । रियाल ३८ अंकका साथ दोस्रो स्थानमा छ ।
सम्बन्धित समाचार
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
आज पनि पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहने
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
