प्रचण्ड सरकारको मन्त्रिपरिषद् विस्तार, कुन पार्टीबाट कुन मन्त्री को बने ?
काठमाडौं । नवनियुक्त मन्त्रीहरुले मंगलबार सपथ ग्रहण गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद् २१ दिनपछि विस्तार भएको छ ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट मन्त्री भएकाहरुले राष्ट्रपति कार्यालयमा आज पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा तथा जलस्रोत मन्त्रीको शपथ लिएका छन् । राप्रपाबाट ध्रुवबहादुर प्रधान कानुनमन्त्री र विक्रम पाण्डेले सहरी विकास मन्त्रीका रुपमा सपथ लिएका छन् ।
यस्तै, एमालेबाट दामोदर भण्डारी उद्योगमन्त्री, डा। विमला राई पौडेल परराष्ट्र मन्त्री, राजेन्द्र राई भूमिसुधार मन्त्री, पदम गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्री, भगवती चौधरी महिला बालबालिका मन्त्री, हरि उप्रेती रक्षामन्त्री र ज्वाला साह कृषि तथा सहकारी मन्त्रीका रुपमा सपथ लिएका छन् । यसअघि विष्णुप्रसाद पौडेल उपप्रधान तथा अर्थमन्त्री भइसकेका थिए ।
माओवादी केन्द्रबाट रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री, सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, सुशीला श्रीपाली संस्कृति, पर्यटन तथा नागरिक उड्डडन राज्यमन्त्री बनेका छन् ।
माओवादीबाटै नारायणकाजी श्रेष्ठ यसअघि नै उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् । रास्वपाबाट डोलप्रसाद अर्याल श्रममन्त्री, शिखिर खनाल शिक्षामन्त्री, तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् । पार्टी अध्यक्ष रवि लामिछाने यसअघि नै गृहमन्त्री भइसकेका छन् ।
सम्बन्धित समाचार
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
आज पनि पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहने
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
