साम्राज्ञीले भनिन्- ‘फिल्म कलाकारले भन्दा कन्टेन्टले चल्ने हो’
काठमाडौँ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्म कलाकारले भन्दा कन्टेन्टले चल्ने बताएकी छन् । हलमा दर्शक कलाकार भन्दा फिल्मको कन्टेन्ट हेर्न आउने उनको भनाइ छ ।
पछिल्लो समय महँगा कलाकारले फिल्म हलमा दर्शक तान्न नसकेको भन्दै सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी हुन थालेपछि अभिनेत्री शाहले घुमाउरो ढङ्गले फिल्म नचल्नुमा निर्माता र निर्देशक जिम्मेवार हुनुपर्ने बताएकी हुन् ।
आइतबार फिल्म ‘ह्यारीकी प्यारी’ ले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा शाहले महँगा अभिनेता अभिनेत्री राखेर फिल्म हिट नहुने समेत बताइन् । उनले फिल्म ‘ह्यारीकी प्यारी’ कलाकारले भन्दा पनि कन्टेन्टले राम्रो फिल्म भएको दाबी गरिन् । ‘मेरो मन पर्ने जनरा कमेडी हो र पहिलो पटक यो जनरामा ‘ह्यारीकी प्यारी’ काम गर्न पाए’, उनले भनिन् ‘अबको मेरो फिल्मको प्राथमिकता र छनोट पनि कमेडी र यस्तै कथावस्तु हुनेछ ।’
‘ह्यारीकी प्यारी’ मार्फत पहिलो पटक गाउँले परिवेश र कथावस्तुमा बनेको फिल्ममा अभिनय गर्न आफूले पाएको भन्दै उनले खुसी व्यक्त गरिन् । भनिन् ‘बच्चैदेखि रोमकम र कमेडी हेरेर हुर्किएकी हुँ म ।’ कार्यक्रममा फिल्म अभिनय अनुभव समेत सुनाएकी उनले फिल्म सबै वर्गका दर्शकले रुचाउने बताइन् ।
‘ह्यारीकी प्यारी’ डा। कपिल रिजालको निर्माण निर्देशन रहेको फिल्म हो । फिल्ममा साम्राज्ञीका जोडीको रूपमा अभिनेता जितु नेपाल देखिएका छन् । कमेडी जनरामा निर्माण भएको र ५ भाषामा बनेको फिल्म माघ २० गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।
सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
