Jankari Kendra
२१ आश्विन २०८३, बुधबार
Worldlink

अखिल क्रान्तिकारी राष्ट्रिय सम्मेलन आयोजक कमिटीको संयोजकमा पञ्चा सिंह रहने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, माघ, २६
अखिल क्रान्तिकारी राष्ट्रिय सम्मेलन आयोजक कमिटीको संयोजकमा पञ्चा सिंह रहने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको वर्तमान कार्यसमिति विघटन गरिने भएको छ । माओवादी केन्द्रले विद्यार्थी मोर्चामा समस्या देखिएको भन्दै त्यसलाई हल गर्न पञ्चा सिंह नेतृत्वको कार्यसमितिलाई विघटन गर्ने भएको हो ।

यससँगै अब सिंहकै नेतृत्वमा सम्मेलन आयोजक कमिटी गठन गर्न र स्ववियु चुनावपछि सङ्गठनको सम्मेलन गर्न पार्टीको स्थायी कमिटीले निर्देशन दिएको एक नेताले बताए । पवन कार्की समूहसहित ७ उपाध्यक्ष समूहलाई केन्द्रित गरेर स्वबियु चुनावमा लाग्न पार्टीले निर्देशन दिएको हो ।

स्ववियू चुनाव पछाडि राष्ट्रिय सम्मेलन गर्ने तथा त्यसअगाडि समानान्तर सङ्गठन र गतिविधि गर्न रोक लगाइएको स्थायी कमिटीको पत्रमा उल्लेख छ ।

Top Changing Nepal

युट्युब सट्स