प्रधानमन्त्री दाहाल बैशाख २२ गते भारत भ्रमणमा जाने, तयारी थालियो
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल यही बैशाख २२ गते भारत भ्रमणमा जाने भएका छन् । भारतले दिएको निम्तोअनुसार नै प्रधानमन्त्री दाहाल बैशाख २२ गते भारत जान लागेका हुन् । यसअघि पनि प्रधानमन्त्री दाहालको भारत भ्रमणको कुरा आएको थियो । तर, विविध कारणले उनको भ्रमण हुन सकेको थिएन । अहिले भारत भ्रमणको तयारीको लागि नै भनेर प्रधानमन्त्री दाहालले परराष्ट्रमन्त्री नियुक्त गर्न लागेका छन् । आजै उनले कांग्रेसका एनपी साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्न लागेका हुन् ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री दाहाललाई भेटेर भ्रमणको निम्तो बुझाइसकेका छन् । गत पुष ११ गते प्रधानमन्त्रीको सपथ खाएका दाहालको यो कार्यकालमा पहिलो विदेश भ्रमण हुनेछ । प्रधानमन्त्री दाहाले पनि आफ्नो पहिलो विदेश भ्रमण भारत नै हुने बताएका थिए । भारतका लागि नेपाली राजदूत डा। शंकर शर्माले पनि प्रधानमन्त्री दाहालको भारत भ्रमणको तयारी थालिएको बुझिएको छ ।
सम्बन्धित समाचार
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
