राम मन्दिरको प्राण प्रतिष्ठानमा को–को बलिउड स्टारहरु पुगे ?
काठमाडौँ । भारतको अयोध्यामा श्रीरामको मुर्ति स्थापना गरिएको छ । नेपाली समय अनुसार पौने १ बजे श्रीरामको मुर्ति स्थापना गरिएको हो । राम मन्दिरको प्राण प्रतिष्ठानमा बलिउडदेखि साउथका नाम चलेका सुपरस्टारहरु पुगेका छन् । अधिकांश बलिउडदेखि साउथका सेलिब्रिटीहरुको जोडी अयोध्या पुगेका छन् ।
जहाँ, अमिताभ बच्चन, अभिषेक बच्चन, रणवीर कपुर आलिया भट्ट, माधुरी दीक्षित, डाक्टर श्रीराम नेने, कट्रिना कैफ, विक्की कौसल, रोहित शेट्टी, आयुष्मान खुराना पुगेका छन् । यस्तै, साउथका सुपरस्टारहरु चिरञ्जीवी, राम चरण पनि अयोध्या पुगेका छन् । यस्तै, नायिका कंगना रनावत पनि साडी लगाएर मन्दिर पुगेकी छिन् । केही साता अगाडि मात्र बैबाहिक जीवनमा बेधिएका नायक रणदिप हुड्डा पनि आफ्नी श्रीमतीको साथमा अयोध्या पुगेका छन् ।
अयोध्यामा पुगेका अधिकांश बलिउड कलाकारहरू धोती–कुर्ता र साडीमा देखिएका छन् । रनवीरले धोती र कुर्ता लगाएका छन् भने आलियाले नीलो रंगको साडी लगाएकी छिन् । विक्की र कट्रिना अघि अघि हिँड्दा रनवीर र आलिया पछि पछि एक अर्काको हात समात्दै मन्दिर प्रवेश गरेका थिए ।
श्रीरामको प्राण प्रतिष्ठानमा बलिउडका तीन खानहरुलाई भने निमन्त्रणा गरिएको छैन । प्राण प्रतिष्ठानमा बलिउड स्टारको साथमा भारतका चर्चित व्यवसायी, तपस्वीहरूलाई निमन्त्रणा गरिएको थियो । मन्दिरको निर्माणमा बलिउडका चर्चित सेलिब्रिटीहरुले समेत सहयोग गरेका छन् ।
सम्बन्धित समाचार
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
ट्रेन्डिङ
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

