• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२७ बैशाख २०८३, आइतबार
२७ बैशाख २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दृष्टीविहीनका लागि कामना सेवा विकास बैंकको समावेशी बैंकिङ पहल
  • ६ घण्टा 

आजदेखि सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु
  • ८ घण्टा 

सुनको मूल्यमा गिरावट,चाँदीको मूल्य भने वृद्धि : कतिमा हुँदैछ कारोबार ?
  • १० घण्टा 

पोखरामा जेसीबीको पश्चिम बजार विस्तार, १२ युनिट हस्तान्तरण
  • १० घण्टा 

टर्किस एयरलाइन्सको जहाजमा आगलागीपछि अवरुद्ध त्रिभुवन विमानस्थल डेढ घण्टापछि पुन : सञ्चालनमा
  • ११ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ११ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १२ घण्टा 

एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने
  • १ दिन 

बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक
  • १ दिन 

लोकप्रिय समाचार

  • १. सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

  • २. MAW Group has closed 100+ Bookings at Chitwan Auto Show 2026

  • ३. घट्यो आज सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ४. दिउँसोदेखि राति अबेरसम्म ठाउँठाउँमा ट्राफिक चेकजाँच, एकैदिन १८ लाख ७६ हजार राजस्व सङ्कलन

  • ५. सुनको मूल्यमा गिरावट,चाँदीको मूल्य भने वृद्धि : कतिमा हुँदैछ कारोबार ?

  • ६. स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

  • ७. नेपाल बैंकका ग्राहक र कर्मचारीलाई बि एण्ड बि हस्पिटलमा छुट

  • ८. प्याब्सनसहित शैक्षिक संस्थाको संयुक्त प्रतिबद्धता : सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्ने

  • ९. ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन

  • १०. नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन

२०८० साल चैत्र महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

जानकारी केन्द्र २०८०, चैत्र, १

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यो महिनामा तपाईंको राशिबाट बाह्रौं भावमा सूर्यले भ्रमण गर्नाले आर्थिक समस्याले सताउन सक्छ । चोट पटक तथा स्वास्थ्यमा समस्या आउन सक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । २० गतेबाट घुमफिर र भ्रमणको योग रहेको छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । शेयर बजारले पनि साथ दिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
यो महिनामा सफल सुखद् यात्राका अवसर प्राप्त हुनेछ । व्यवसायका क्रममा नयाँ योजना र सहकार्यको योग छ । काम देखाएर अरुको मन जित्न सकिनेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । महिनाको अन्त्यमा आफ्नो अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । रुघाखोकीको समस्या बढ्ला । आर्थिक समस्याले पनि सताउला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
चैत्र महिना समग्रमा सकारात्मक नै रहेको छ । कला साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । शेयर बजारमा लगानीको अवसर मिल्नेछ । सुखद् यात्राका अवसर प्राप्त हुनेछ । गरेको कार्यमा सफलता पाइनेछ । इनाम र प्रतिष्ठा कमाउने बेला छ । आर्थिक उन्नतिका साथै परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । आफन्तजनबाट भने सजग रहनु नै उचित हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो चैत्र महिनामा आफ्नो विचार विपरित निर्णय हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । मध्य महिनाबाट नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । लक्ष्मी प्राप्तिको राम्रो योग रहेको छ । प्रतिस्पर्धाहरूमा उत्तीर्ण हुन सकिनेछ । टाडिएका परिवारजनसँग भेटघाट हुनेछ । सामाजिक र राजनैतिक कार्यबाट सफलता मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
चैत्र महिनामा पारिवारिक सम्बन्ध कसिलो हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ । जोश जाँगर र हिम्मत बढ्ला । वाहन लाभ हुने समय आएको छ । शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ । स्वास्थ्य क्षेत्र चैं निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
यो महिनामा मिश्रित फल मिल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । छरछिमेकमा सम्पन्न हुने धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । अध्ययन अध्यापनको क्षेत्र सबल रहनेछ । २२ गतेबाट स्वास्थ्य प्रति सजग रहनु उचित हुने देखिन्छ । कमजोरी बाहिर आउनाले जागिरमा समस्या पर्न सक्छ । आत्मबल बढाएर काम गरेमा असफल चैं भइँदैन ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
यो महिनामा लामो समयदेखि रोकिएका अधुरा कामहरू विस्तारै अघि बढ्न सक्छ । विचार र बौद्धिक कार्यमा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सामाजिक कार्य गरेर जनताको गतिलो समर्थन र लोकप्रियता आर्जन गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिने र रमाउने समय छ । प्रतिस्पर्धामा सम्मानजनक स्थान हात पर्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
चैत्र महिनामा कला र मनोरञ्जनमा अभिरुचि बढ्नेछ । अकस्मात् धन सम्पत्ति हात पर्न सक्छ । पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग छ । कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ । सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । पुँजी बजारमा लगानीको अवसर पनि छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
यो महिनामा पढाइ लेखाइमा पनि खासै प्रगति गर्न नसकिने देखिन्छ । महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । मध्य महिनामा मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गिं)
चैत्र महिनामा नयाँ कार्यको योजना भने बन्नेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ । सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेममा सफलता प्राप्त हुनुका साथै नयाँ कार्य प्राप्तिका योग पनि देखिन्छन् । १८ गतेबाट व्यापार व्यवसायबाट भने त्यति लाभ हुनेछैन । सोचेको जस्तो सफलता अलि मिल्ने छैन । पुँजी बजारको लगानी पनि नोक्सानी हुन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
यो महिनामा तपाईंको राशिबाट द्वितीय भावमा सूर्यले भ्रमण गर्नाले राम्रो फल मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्ला । नयाँ कार्य प्राप्तिको योग छ । मित्र जनको साथ सहयोग मिल्नुका साथै आम्दानीका स्रोत बढ्ने छन् । महिनाको मध्यमा दबाब र तनाव बढेको महसुस हुनेछ । वैदेशिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च पनि हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
यो महिनामा काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । प्राविधिक र टेक्निकल कार्यमा उन्नति हुनुका साथै आर्थिक वृद्धि हुने देखिन्छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बढी लाभ हुनेछ । महिनाको अन्त्यमा अनावश्यक झुटा आरोप लाग्ने हुँदा सजग रहनुहोला । नाक तथा घाँटीमा समस्या पनि आउला ।  (अधिक जानकारीको लागि 977-9849559502)

  ज्यो.प. नारायणप्रसाद दुलाल

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ वैशाख २६ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

दृष्टीविहीनका लागि कामना सेवा विकास बैंकको समावेशी बैंकिङ पहल

आजदेखि सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु

सुनको मूल्यमा गिरावट,चाँदीको मूल्य भने वृद्धि : कतिमा हुँदैछ कारोबार ?

पोखरामा जेसीबीको पश्चिम बजार विस्तार, १२ युनिट हस्तान्तरण

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.