कालो चिया तपाईको स्वास्थ्यको लागि वरदान
काठमाडौँ । बिहान सबेरै उठेपछि धेरैले गर्ने पहिलो काम भनेको चिया पिउनु हो । यदि तपाई पनि चिया पिएर दिनको सुरुवात गर्न चाहानुहुन्छ भने आजैदेखि कालो चिया खाने बानी बसाल्नुस ।
राम्रो चिया पिएर दिनको सुरुवात नगर्ने हो भने धेरैको दिन बिग्रन्छ । यस्तो अवस्थामा दुध र चिनी बिनाको चिया बनाउछौं भने कस्तो लाग्छ ? कालो चियाले धेरै स्वास्थ्य लाभहरू प्रदान गर्दछ। चाहे तपाई तौल घटाउन चाहनुहुन्छ वा राम्रो पाचन प्रणाली।
इम्युनिटी बलियो बनाउँछ: कालो चियाको सेवनले बदलिँदो मौसममा रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ। यो धेरै भाइरल संक्रमणहरु बाट बचाउन पनि धेरै प्रभावकारी छ। एन्टि-अक्सिडेन्टको मामिलामा यो चियाको कुनै प्रतिस्पर्धा छैन।
मुटुको स्वास्थ्यका लागि राम्रोः कालो चियामा पाइने एन्टिअक्सिडेन्ट गुणले मुटुको स्वास्थ्यलाई धेरै फाइदा पु¥याउँछ । बिहान दूधसँग चियाको सट्टा यसको सेवन गर्दा मुटुको वरिपरिको धमनीमा रगत जम्ने समस्या हुँदैन ।
संक्रमणबाट बचाउँछ: कालो चियामा फ्लेभोनोइड्स र पोलिफेनोल जस्ता धेरै एन्टिब्याक्टेरियल गुणहरू पाइन्छ, जसले तपाईंलाई बदलिँदो मौसम वा भाइरलबाट हुने संक्रमणबाट बचाउन सक्छ।
पाचन सुधार गर्छ: कालो चियामा टैनिन र एन्टी-इन्फ्लेमेटरी गुणहरू प्रशस्त मात्रामा पाइन्छ। यस्तो अवस्थामा यसको सेवनले तपाईको पाचन क्रिया पनि राम्रो हुन्छ । यसका साथै यसले पेटमा ग्यास हुने वा अपचबाट पनि बचाउँछ। दूधको चिया भन्दा पेटको स्वास्थ्यका लागि धेरै राम्रो हुन्छ ।
सम्बन्धित समाचार
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

