चराका कारण पोखरा विमानस्थलमा उडान प्रभावित
काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा बेलाबखत चराका कारण उडानरअवतरणमा समस्या देखिँदै आएको छ । उक्त समस्या पुनः आइतबार बिहान पनि दोहोरिएको छ ।
बिहानदेखि चराका हुल विमानस्थल परिपरि रहेका कारण कुनै पनि उडान अवतरण हुन सकेका छैनन् । चराकै कारण बिहान ११ बजेसम्म पनि रनवे खुल्न सकेको छैन । यसका कारण हवाई उडान प्रभावित भएको छ । चराहरूलाई हटाउन अहिले विमानस्थलमा रहेका सम्पूर्ण स्रोत साधन प्रयोग गरिएको विमानस्थल प्रमुख जसोदा रेग्मीले बताइन् ।
“पानी परेर दुई दिन पोखरामा मौसम ओसिलो बनेको छ । जसले गर्दा विमानस्थल आसपासमा साना–साना किरा फट्यांग्राहरूको गतिविधि धेरै बढेको छ । त्यसले गर्दा विमानस्थलमा बिहानदेखि नै चराहरू देखा परेका छन्, अहिले उडान अवतरण हुन सकेको छैन,” उनले भनिन्, “त्यसले गर्दा पोखरा विमानस्थमला विमानस्थलको रनवे क्लोज गरिएको छ । रनवे क्लोज हुँदा कुनै पनि उडान /अवतरण हुन सकेको छैन ।”
काठमाडौंबाट पोखरा गएको यतीको एक वटा र बुद्धको दुई वटा विमान काठमाडौं नै डाइभर्ट गरिएको छ । यतीको उडान नम्बर ६७३, बुद्धको उडान नम्बर ६०५ र ६५१ डाइभर्ट गरिएको हो । करिब एक घण्टा होल्ड गरेपछि विमान डाइभर्ट गरिएको बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णले जानकारी दिए ।
सम्बन्धित समाचार
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
ट्रेन्डिङ
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

