Jankari Kendra
१५ आश्विन २०८३, बिहीबार
Worldlink

जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, चैत्र, १५
जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-६ रामहिटी बस्ने पुरू चालिसेको घरमा जुवातास खेलिरहेको अवस्थामा मुगु कारमुरुङ गाउँपालिका-१ घर भएका १९ वर्षीय पासाङ छिरिङ समेत ४ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार प्रहरी वृत्त बौद्घबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २६ हजार ४ सय ५० रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

Top Changing Nepal

युट्युब सट्स