छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित पाँच जना पक्राउ
काठमाडौं । नेपालगंज उपपमहागरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्रामसहित बैजानाथ गाउँपालिका-४ तिलकपुर बस्ने ५६ वर्षीय झोगे राम थारूलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको छ ।
यसैगरी दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम ९ सय ६० मिलिग्रामसहित पर्सा वीरगंज उपमहानगरपालिका-१६ घर भई हाल काठमाडौं बाफल बस्ने १९ वर्षीय संजय श्रापलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । अस्थाई प्रहरी पोष्ट फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौं आउँदै गरेको ना.१ ज ४२०७ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको बताइएको छ ।
प्रहरीका अनुसार पोखरा महानगरपालिका-२७ तालचोकबाट अवैध लागूऔषध गाँजा करिब १० किलोसहित गोरखा सुलिकोट गाउँपालिका-५ सौरपानी बस्ने २२ वर्षीय मदन नेपालीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले धादिङबाट पोखरातर्फ आउँदै गरेको ग।१ च ५१३२ नम्बरको कारलाई जाँच गर्ने क्रममा चालक मदनलाई उक्त गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै गरेर राप्ती नगरपालिका-२ गडौलिबाट अवैध लागूऔषध गाँजा करिब ७ किलोसहित सोही ठाउँ बस्ने २५ वर्षीय मन बहादुर तामाङलाई गएराति प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ । अस्थायी प्रहरी पोष्ट लोथरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको बताइएको छ।
प्रहरीका अनुसार गुलरिया नगरपालिका-७ चौगुर्जी टोलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ९ किलो ५ ग्रामसहित सोही ठाउँ बस्ने ७६ वर्षीय नन्दलाल गोडियालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
ट्रेन्डिङ
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

