भृकुटीमण्डपमा वैशाख ४ गते देखि रिकण्डिशन सवारीको भव्य मेला
काठमाडौँ । सरल सेलरस क्रेडिट एडभाइजरी प्राइभेट लिमिटेडको आयोजनामा आउँदो वैशाख ४ देखि ८ गतेसम्म ‘सेकेन्ड ह्यान्ड अटोमोबाइल कार्निवल तथा लिस्टिङ बजार अटो शो २०२४’ हुने भएको छ ।
काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त अटो शोमा सवारी साधन, पार्टपूर्जा, वित्तीय सेवा एवम् अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरूको भव्य प्रदर्शनी हुने आयोजकले जनाएको छ ।
कार्यक्रमका संयोजक चक्र खड्का अनुसार कार्यक्रमलाई सफल रूपमा आयोजना गर्न विभिन्न अटोमोबाइल ब्राण्डहरू साथै रिकण्डीशन व्यवसायीहरू लगायतका संस्थाले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गरेका छन ।
प्रदर्शनीमा ठूला तथा साना गरी ३२ वटा स्टल र ब्लकहरू रहने छन्। उक्त प्रर्दशनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पूर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवम् वस्तु तथा सेवा प्रदायकहरूको सहभागिता समेत रहनेछ।
यो सँगै नयाँ वर्षको अवसरमा आयोजना हुन गइरहेको यस प्रदर्शनीले अटो व्यवसायी, ग्राहक, गाडी प्रेमी तथा अटोमोबाइलसँग प्रत्यक्ष–अप्रत्यक्ष रूपमा संलग्न सबैलाई उत्साहपूर्वक सहभागी गराउने आयोजकले विश्वास लिइएको छ।
प्रदर्शनीको स्पोटिङ पार्टनरमा सहारा भेन्चर ग्रुप, टिकेटिङ पार्टनरमा प्रभु–पे, इन्स्यारेन्स पार्टनरमा आइजीआइपी, फुड एन्ड बेभरेज पार्टनरमा स्काई ल्याण्ड लाउन्ज एन्ड बार, क्वालिटी एसोरेन्स पार्टनरमा मोटर होम नेपाल र मेरो मोटो, स्टन्ट पार्टनरमा स्टन्ट बम्स, सर्भिस पार्टनरमा पिटस्टप, फाइनान्स पार्टरमा तपाईको बजार रहेको आयोजकले जनाएको छ ।
त्यस्तै प्रोडक्ट पार्टनरमा सिएटसपि, इनटरनेट पार्टनरमा डिसहोम फाइबरनेट, ब्लुबुक रिनुअल पार्टनरमा स्मार्टसेवा, लोजिस्टक पार्टनरमा नेपाल क्यान मुभ, मोबीलिटी पार्टनरमा टयाक्सीमाण्डुतथा जुमजुम, इकमर्श पार्टनरमा हुलाकी, बेभरेज पार्टनरमा आरसीकोला, डिजिटल पार्टनरमा प्रमोशन नेपाल, लिस्टिङ पार्टनरमा लिस्टिङ बजार र टायर पार्टनरमा अपोलो टायर्स रहेको मेला संयोजक चक्रबहादुर खड्का जानकारी दिए ।
चार दिनसम्म चल्ने उक्त मेलामा ५० हजार आगन्तुकहरूले अवलोकन गर्ने विश्वास आयोजकको छ।
सम्बन्धित समाचार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
लैनचौरमा सारथी इकुटरको नयाँ शोरुम सञ्चालनमा
