रवि लामिछानेविरुद्ध राप्रपा पनि खरो उत्रिँदै, सहकारी ठगी प्रकरणमा छानविन समितिको पक्षमा उभियो ।
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले सहकारी ठगी प्रकरणको छानविनका लागि संसदीय समिति बनाउन माग गरेका छन् । संसद्मा लामो समयदेखि नेपाली कांग्रेसले उठाउँदै आएको संसदीय छानविन समितिको पक्षमा अन्ततः राप्रपा पनि उभिएको छ । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले विगतमा पनि छानविन समिति बनेकाले उक्त सहकारी ठगी प्रकरणमा छानविन समिति बनाएर निश्पक्ष अनुसन्धान हुनुपर्ने माग राखे।
राप्रपाले हिजो (मंगलबार) काठमाडौंमा आयोजना गरेको वृहत जनप्रदर्शनमा प्रहरी दमन भएपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध खरो उत्रिएका हुन् । गृहमन्त्री लामिछानेले सहकारीको ठूलो रकम अपचलन गरेको भन्दै कांग्रेसले संसद्मा लामो समयदेखि संसदीय छानविन समितिको माग गर्दै विरोध जनाउँदै आएको छ ।
‘सुशासन मुखमा होईन, व्यवहारमा गर्नुस्। अहिले पनि सहकारीमा लाखौं मानिस पीडित छन् । छानविन समिति बनाऔं । पहिला पनि हामीले छानविन समिति बनाएको हो। अब पनि बनाऔं,’– सांसद शाहीले भने ।
सम्बन्धित समाचार
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
