के हो डिप्रेशन (उदासिनता) ? कारण, लक्षण र सामधान
कुनै पनि दुर्घटना, अापतविपतमा मावनिस भावुक भएर उदास हुनु वा चिन्तित बन्नु सामान्य हो यस्तो चिन्ता केहि समयमा हराउदै जान्छ। तर कुनै पनि मानिस लामो समय सम्म दैनिक जसो चिन्तित रहने वा उदास भैरहने भए त्यतो डिप्रेशनको लक्षण पनि हुनसक्छ। डिप्रेशन जस्लाइ पनि जुनसुकै बेला हुनसक्छ यो मानिस अनुशार फरकक फरक हुन्छ। उदासिनता रोग भए पनि उपचार हुन्छ र रोगको प्रकृति अनुशार ढिलो चाँडो निको पनि हुन्छ । यसको जति चाडो उपचार गर्नु राम्रो हुन्छ ।
डिप्रेशन(उदाशिनता) कसरि पत्ता लगाउने / लक्षण
• उदाशिनताका लक्षण कसैलाइ कम कसैलाइ धेरै हुनसक्छन यहाँ बताइएका मध्ये जुन पनि हुनसक्छ।
• जुनसुकै समयमा मन उदास हुने, कुनै चिजमा अfन्नद नअाउने, ध्यान नलाग्ने,थकान महशुस गर्ने, कुनै पनि काम गर्न जाँगर नअfउने ,
• दिन भरि सुतिरहन मन लाग्ने,बिना कारण रूने, अरू मन्छे सँग घुलमिल गफगाफ गर्न मन नलाग्ने,
• मनमा नकारात्मक कुरा खेल्ने, विवश,निराश,बेकार महशुस गर्ने,
• लगाउने, खाने कुरामा बेवास्ता गर्ने, अfफै लाइ दोषि बनाउने भावना तिव्र रूपमा बड्न सक्ने,
• खान मन नलाग्ने, शारिरिक रूपमा कमजोर हुदै जाने, निन्द्रा नियमित नहुने,
• अात्महत्या गर्ने सम्मको सोच अउने, सम्पत्ति, स्वास्थ, अफन्त गुम्ने डर मनमा अाइरहने,
किन हुन्छ त डिप्रेशन ?
कोहि लाइ डिप्रेशन एक पटक मात्र हुन्छ भने कसैलाइ पटक पटक हुन सक्छ यहाँ सम्मकी एक पटक ठिक भए पछि फेरि केहि महिना वा वर्ष पछि पनि देखिन सक्छ। डिप्रेशन वंशाणुगत पनि हुनसक्छ तर वंशाणुगत नै मात्र हुन्छ भन्ने छैन। डिप्रेशन जिवनमा घट्ने घटनाको रणले हुनसक्छ जस्तो कि अाफन्तको मृत्यु, धन सम्पतिको चिन्ता, अfपसि सम्बन्धको समस्या, शारिरिक बिरामको लामो असर, जागिर; स्कुल; घर-परिवारमा मतभेद वा दवाव हुनु। डिप्रेशन विना कारण पनि हुन सक्छ। कुनै वेला डिप्रेशन शारिरिक रूपमा पनि देखिन सक्छ र त्यो प्रेशनकै लक्षण हो भनेर थाहा नहुन पनि सक्छ।
डिप्रेशन भयो भने के गर्ने ? / उपचार
उमेर र स्थिति जस्तो भए पनि जो कोहि लाइ डिप्रेशन हुन सक्छ। यसमा लजाउनु पर्ने कुनै कारण छैन। डिप्रेशनको उपचार सम्भव छ। जति सक्यो चाडो उपचार गर्यो त्यतिनै कम समयमा ठिक हुन्छ। सामान्य प्रकारको डिप्रेशन लाइ अषधि खानु पर्दैन। परिवार वा डाक्टर सल्लाह सहयतामा दुइ हप्ता सम्ममा बिस्तारै ठिक हुदै जान्छ। दुइ हप्ता सम्ममा पनि ठिक भएन भने मनोचिकित्शक सँग परामर्ष (काउन्शिलिङ) लिएर केहि समयको लागि समस्याको सामधान गर्न सकिन्छ। यसका साथै व्याम गर्नु पनि उचित उपाय हुनसक्छ चिकित्शकको सल्लाह अनुसार हप्तामा ४५ मिनेट देखि १ घन्टा सम्म तिन तहमा १० देखि १२ हप्ता सम्म गर्न सकिन्छ।सल्लाह लिनु सवै भन्दा राम्रो उपाय हो अफ्नो कुरा (बिराम) लाइ लुकाएर राखे अगोमा घिउ थपे जस्तै हुन्छ यदि मध्यम वा कडा खालको डिप्रेशन हो भने चिकित्सकको सल्लाह अनुशार एन्टि डिप्रेशन ( डिप्रेशन सँग प्रतिरोध गर्ने) अषधि खानु पर्छ। साहयताको लागितनाव बाट बच्ने, वास्तविकतामा पुरा हुने खालको लक्ष लिने, सामान्य व्याम गर्ने, संगित सुन्ने,किताव पढ्ने अदि अाफु खुसि हुने खालका कार्यहरू गरेर शरिर र मन लाइ तनाव मुत्त बनाउने।
धेरै फलफुल, साग सब्जि जस्ता स्वस्थकर खानेकुरा हरू खाने। अfफ्ना समस्या हरू छन भने खुलेर साथि,परिवार, डाक्टर लाइ भन्ने। अफ्ना समस्या लुकाएर कहिलै पनि नबस्ने। अफ्ना समस्या लुकाए झन ठुलो समस्या निम्तन सक्छ राति गहिरो निन्द्रा निदाउने, सुत्नु भन्दा अघाडि चिया, कफि वा भारि खाने कुरा हरू नखाने निदाउने समयमा धेरै चम्किलो बत्ति नबाल्ने, हल्का संगित सुनेर वा केरा र दुध खाएर सुत्नाले गहिरो निन्द्रा लाग्न मद्दत पुग्छ। जाड, रक्सि, खैनि, चुरोट अfदि मद्धपान, धुम्रपान गर्नु हुदैन डिप्रेशन हुन बाट सधै बचाैं, यदि भै गए जति सक्दो चाडो उपचार गराैं, डिप्रेशनका बारेमा अाफुले जानेका कुरा अरू लाइ पनि भनेर डिप्रेशन (उदाशिनता) मुत्त समाजको निर्माण गराैं .
सम्बन्धित समाचार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
