भारतको दिल्लीमा अहिलेसम्मकै उच्च गर्मी, तापक्रम ५२.३ डिग्री
काठमाडौँ । गर्मीको लहरको सामना गरिरहेको भारतको राष्ट्रिय राजधानी दिल्लीमा बुधबार ५२.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ। भारतको मौसम विज्ञान विभागले दिल्लीको तापक्रम ५२.३ पुगेको जानकारी दिएको हो । मौसम विभागका अनुसार दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम हो ।
उत्तर-पश्चिम दिल्लीको मुंगेशपुरमा रहेको भारतीय मौसम विभागको मौसम स्टेशनले बुधबार दिउँसो २.३० बजे करिब ५२.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरेको थियो ।
मंगलबार सोही स्टेशनमा ४९.९ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो । मंगलबार दिल्लीको नजफगढ मौसम केन्द्रमा पनि ४९.८ डिग्री सेल्सियसको तापक्रम रेकर्ड गरिएको थियो ।
उही समयमा, दिल्लीको दुई मौसम स्टेशनहरूमा रेकर्ड गरिएको तापक्रमको अघिल्लो रेकर्ड – एक दक्षिण दिल्ली र एक आर्य नगरमा मंगलबार पनि तोडिएको थियो । भारतको कुनै पनि भागमा ५२.३ डिग्री सेल्सियसको तापक्रम अहिलेसम्म रेकर्ड गरिएको थिएन।
सम्बन्धित समाचार
आज पनि पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहने
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायमै
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
