न्यू क्यालेडोनियाको मतदान सुधारबाट पछि हट्यो फ्रान्स
काठमाडौँ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले न्यू क्यालेडोनियामा लागू भएको मतदान सुधारलाई निलम्बन गरेको घोषणा गरेका छन् । यी मतदान सुधारहरूको कारणले गर्दा हालै क्यालेडोनियामा गम्भीर हिंसा भड्किएको थियो । न्यु क्यालेडोनिया, हिन्द प्रशान्त महासागरका पाँचवटा टापु क्षेत्रहरू मध्ये एक हो, जुन फ्रान्सद्वारा प्रशासित छ ।
मतदान सुधारलाई लिएर ठूलो विवाद भएको थियो । फ्रान्सले भर्खरै न्यू क्यालेडोनियामा मतदानको सन्दर्भमा केही सुधार गरेको थियो । न्यू क्यालेडोनियामा मतदान गर्ने अधिकार १९९८ भन्दा पहिले न्यू क्यालेडोनियामा बस्ने मानिसहरूलाई मात्र सीमित थियो । यस कानूनको उद्देश्य क्यालेडोनियामा बसोबास गर्ने मूल निवासी र अल्पसंख्यक कनक समुदायलाई बढी प्रतिनिधित्व दिनु थियो । तर, पेरिसले यो व्यवस्थालाई अलोकतान्त्रिक मान्दै र फ्रान्सेली संसदले कानूनमा सुधार गर्दै १० वर्षसम्म क्यालेडोनियामा बसोबास गर्ने मानिसहरूलाई मतदान गर्ने अधिकार दिने निर्णय गरेको थियो ।
फ्रान्सेली सरकारको यो निर्णयले स्थानीय जनता आक्रोशित हुदै प्रदर्शनमा उत्रिएका थिए । स्थानीय मानिसहरूले यो निर्णयले उनीहरूलाई सीमान्तीकृत गर्ने र क्यालेडोनियामा आफ्नो प्रभाव गुमाउने डर रहेको बताएका छन् । क्यालेडोनियामा पनि फ्रान्सबाट स्वतन्त्रताको मागले गति लिइरहेको छ । हिंसा भड्किएपछि राष्ट्रपति म्याक्रोनले क्यालेडोनियाका प्रतिनिधिहरूलाई छलफलका लागि पेरिसमा आमन्त्रित गर्दै वार्ताबाट समाधान खोज्ने कुरा गरेका थिए । तर अब राष्ट्रपति म्याक्रोनले यी सुधारहरू स्थगित गर्ने निर्णय गरेका छन् ।
न्यू क्यालेडोनियामा मतदान सुधारको विरोधमा भएको प्रदर्शनमा तीन जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । हिंसाका कारण क्यालेडोनियाका विद्यालय, कलेज र विमानस्थल बन्द गर्नुका साथै राजधानी नोउमामा कर्फ्यू लगाइएको थियो । त्यसयता कैयौँ छिटपुट हिंसाका घटना भएका छन् ।
न्यू क्यालेडोनिया अस्ट्रेलियाबाट करिब १५०० किलोमिटर पूर्वमा अवस्थित छ । यहाँको जनसंख्या २ लाख ७० हजार रहेको छ । जसमध्ये ४१ प्रतिशत मेलानेसियन कनाक र २४ प्रतिशत युरोपेली मूलका मानिस छन् । यो टापु बेलायती अन्वेषक जेम्स कुकले पत्ता लगाएका थिए र यसलाई फ्रान्सले सन् १८५३ मा आफ्नो नियन्त्रणमा लिएको थियो ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
चीनले विकास गर्यो धुलोभन्दा सानो चिप्स,पानीमुनी रहेका जहाज (पनडुब्बी) पत्ता लगाउन सक्ने दाबी
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

