म मेरो छोरालाई दिएको सजाय माफ गर्दिन- बाइडेन
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दुक मुद्दामा आफ्ना छोरा हन्टर बाइडेनलाई दिएको सजाय माफी नगर्ने बताएका छन् ।बाइडेनका छोरालाई अवैध रूपमा हतियार खरिद गरेको र लागुऔषध प्रयोगको बारेमा झूट बोलेको अभियोगमा दोषी ठहर गरिएको छ । गत हप्ता संघीय अदालतले हन्टरलाई दोषी ठहर गरेपछि बिडेनले पहिलो पटक यस मुद्दामा टिप्पणी गरेका छन् ।
उनले हन्टरप्रति गर्व गरेको बताउदै उनी लागुऔषधको बानीबाट मुक्त भइसकेको तथा अहिले धेरै विनम्र र प्रतिभाशाली व्यक्ति भएको बताएका छन् । जी ७ सम्मेलनमा भाग लिन इटाली पुगेका बाइडेनलाई पत्रकारहरूले हन्टरको सजाय घटाउन कदम चाल्नुहुन्छ भन्ने प्रश्न सोधेका थिए । यसबारे बाइडेनले भने, ‘म यस विषयमा स्पष्ट छु कि म यसबारे केही गर्ने छैन । मैले निर्णायकको निर्णय स्वीकार गर्छु । म यसमा खडा छु र म हन्टरलाई माफ गर्ने छैन ।’
हन्टर बाइडेनलाई लागुऔषधको नशा र बन्दुक राख्ने तीनवटा मुद्दामा दोषी ठहर गरिएको छ । आफ्नो छोरालाई दोषी ठहराउनु अघि नै, बाइडेनले अदालतको सजाय नघटाउने बताएका थिए र उनले फेरि एकपटक सोहि कुरा दोहोर्याएका छन् । अमेरिकामा राष्ट्रपतिलाई अदालतबाट दोषी प्रमाणित भएका व्यक्तिको सजाय माफी दिने वा घटाउने वा परिमार्जन गर्ने अधिकार रहेको छ ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
