Jankari Kendra
१० श्रावण २०८३, आईतवार

लुयानको एस ९० मोडेल इलेक्ट्रिक स्कुटर ,यस्ता छन् फिचर

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८१, असार, २९
लुयानको एस ९० मोडेल इलेक्ट्रिक स्कुटर ,यस्ता छन् फिचर

काठमान्डौैं । नेपालमा बिधुतीय दुई पाँग्रे सवारी साधन दिन प्रतिदिन भित्रिने क्रम बढ्रदो नै रहेको छ । यसै क्रममा नेपालमा जीरो इमिसन राइड एनले बिक्रिवितरण गदै आएको लुयान कम्पनीको बिधुतीय दुई पाँग्रे सवारी साधन मध्ये एस ९० मोडेल पनि एक रहेको छ । नेपालमा इन्धनको मूल्यमा उतार चढाव आए सँगै विद्युतीय स्कुटरको बजारमा पनि दिनप्रतिदिन वृदि भइरहेको छ ।

नेपालमा लुयान कम्पनीका बिधुतीय दुई पाँग्रे सवारी साधनको आयात तथा बिक्रिवितरण गदै आएको जीरो इमिसन राइड एनले भित्राएको लुयान  एस ९० मोडेलको स्कुटरमा २ हजार५ सय वाटको पिक मोटर पावर रहेको छ भने रेटेड मोटर पावर १ हजार २ सय वाट ओइल कूलिंग मोटर रहेको पाइन्छ ।

उक्त स्कुटरमा ७२ भोल्ट ३५ एम्पियरको ग्राफिन ब्याट्री रहेको छ भने कन्ट्रोलर ७२ भोल्ट ४५ एम्पियर एन एफ सी सेन्सर रहेको बताइएको छ । लुयानको एस ९० मोडेलको इलेक्ट्रिक स्कुटरमा रेञ्जको कुरा गर्नुपर्दा एक पटकको फुल चार्जमा १०० देखि अधिकतम १ सय २० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ।

एस ९० मोडेलको बिधुतीय स्कुटरमा एन्टिथेप्ट अलार्म,चाएल्ड लक, ७ इन्चको डिजिटल डिस्प्ले, एलइडि हेड लाइट, डिआरएल लगायतका फिचर रहेका छन् । उक्त स्कुटर लाइ फुल र्चाज गर्न ५ देखि ६ घण्टा लाग्छ । बिधुतीय स्कुटरमा १ सय ७० एम एम क्लासिक क्लियरेन्स ब्याक रेस्ट रहनुका साथै १ हजार ३ सय ३० एमएम व्हीलबेस पाउन सकिन्छ ।

एस ९० स्कुटरमा ब्रेकको कुरा गर्नु पर्दा फ्रन्ट र रीयरमा लिंकेज डिस्क ब्रेक रहेको छ ।  उक्त स्कुटरमा सिटमुनी ३२ लिटरको निक्कै ठुलो वुटस्पेस रहेको छ । जसमा ठुलो हेलमेट राखेर पनि अन्य सामानहरु सजिलै अटाउन सकिन्छ ।

नेपाली बजारमा लुयानको एस ९० मोडेलको इलेक्ट्रिक स्कुटरको  मुल्य रु. २ लाख ६ हजार १ सय रहेको जनाइएको छ । कम्पनीले एक्स्चेन्ज तथा फाइनान्सको पनि सुविधा रहेको बताएको छ । आइपि ६७ रेटेड वाटर तथा डस्ट प्रुफ यो स्कुटरलाई जस्तोसुकै मुसलधारे पानी पर्दा पनि चलाउन सकिन्छ । यसमा एनएफसी सिस्टम भएकाले चावी विना मोवाइलको माध्यमबाट मात्रै पनि अन अथवा अफ गर्नसकिन्छ । एस ९० मोडेलको बिधुतीय स्कुटर सुरक्षाको दृष्टिले निक्कै सुरक्षित रहेको कम्पनीले जनाएको छ।

उक्त स्कुटरको लम्बाई १ हजार ८ सय १५ एम एम, त्यस्तै चौडाई ७ सय १० एम एम का साथै उचाई १ हजार १ सय ४८ एम एम रहेको छ । ६० किलोमिटर प्रति घण्टा (३स्पिड मोड) स्पिड रहेको पाइन्छ । क्लामबिङ एबिलिटी १२ ओ रहेको छ ।

उक्त स्कुटरको वोएट ब्याट्रीसहित १ सय १२ के जी रहेको छ। ९० मोडेलको स्कुटरमा रिजेनेरेटिभ ब्रेकिङ्ग सिस्टम भएकाले यसले ओरालोमा ब्रेक लिँदा आफै ब्याट्री चार्ज हुने कम्पनीको दाबी छ । यसमा १२ इन्चको व्हिलमा दुवै टायर भएकाले १७० एमएमको अग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिने कम्पनीले बताइएको छ ।

 

युट्युब सट्स