विश्वप्रकाशको गृहमन्त्रीलाई प्रश्न- लोकेशन पत्ता लाग्यो भनेर जीबी राईलाई भगाउन खोजेको हो ?
काठमाडौँ । नेपली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले सहकारी ठगि प्रकरणमा फरार रहेका जीबी राईलाई भगाउन लोकेशन पत्ता लाग्यो भनेर गृहमन्त्रीले भनेको हो भन्दै प्रश्न गरेका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा विशेष समयमा बोल्दै महामन्त्री शर्माले गृहमन्त्री रबि लामिछानेले जीबी राईको लोकेशन पत्ता लाग्यो भनेर गोपनीय सूचना सार्बजनिक गरेको आरोप लगाएका छन् । गृहमन्त्रीले जीबी राईको लोकेशन पत्ता लाग्यो भनेर उनलाई भगाउन खोजेको हो की यो पक्राउ गर्ने नयाँ तरिका हो भन्दै प्रश्न गरेका छन् ।
शर्माले सुर्य दर्शन सहकारीका ठगिका आरोपीमध्ये एक जना जीबी राई फरार रहेको र अर्को गृहमन्त्री रहेको उल्लेख गर्दै गृहमन्त्रीले सहकारी ठगीमा फरार रहेका व्यवसायिक साथीलाई पक्राउ गर्न किन समय लाग्यो भन्दै प्रश्न गरेका छन् ।
उनले मलेसियाबाट कसैलाई पनि पक्राउ गरेर नेपाल ल्याउन सुपुर्दगी सन्धि आवश्यक नपर्ने बताए । उनले गृहमन्त्रीले काम नगरेर स्टन्ट गरिरहेको बताए ।
महामन्त्री शर्माले सहकारी ठगी प्रकरणको छानबिनमा आशंका रहेको जिकिर गरेका छन् । उनले छानबिनमा संलग्न प्रहरी अधिकारीहरुलाई सरुवा गरिएको जनाउदै गृहमन्त्रीले संसदमा झुट बोलेको आरोप लगाएका छन् ।
सम्बन्धित समाचार
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
