• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०५ साउन २०८३, मङ्गलबार
०५ साउन २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
  • ६ घण्टा 

राष्ट्र बैंकले बजारबाट १ खर्ब रुपैयाँ तरलता तान्दै, ८३ दिनका लागि निक्षेप सङ्कलन गर्ने
  • ६ घण्टा 

प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग सकारात्मक सहमति
  • ६ घण्टा 

सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ४०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
  • ७ घण्टा 

सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
  • ८ घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ९ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी बर्षाको सम्भावना
  • ९ घण्टा 

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  • १ दिन 

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख
  • १ दिन 

लोकप्रिय समाचार

  • १. चीनमा ‘डेलिभरी ब्वाई’ ले पाए सबैभन्दा ठूलो साहित्यिक सम्मान

  • २. देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

  • ३. श्रीमतीको हत्या गर्ने ५६ बर्षिय श्रीमान पक्राउ

  • ४. एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

  • ५. नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

  • ६. आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

  • ७. फिफा विश्वकप २०२६ : अर्जेन्टिनालाई हराउँदै स्पेन विश्वविजेता

  • ८. प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले अपेक्षित विशेष मूल्यमै खरिद गर्न सक्ने

  • ९. लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक

  • १०. साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव

कमिडी च्यापियन सुनिल खड्काले जिते नेटा भी को आकर्षक गाडी

जानकारी केन्द्र २०८१, असार, १६

काठमाडौं । यसपालिको कमिडी च्याम्पियन ग्राण्ड फाइनल बिजेता सुनिल खड्काले सिजी मोटर्स अन्तर्गतको नेटा भीको आकर्षक गाडी जितेका छन्। कमेडी च्याम्पियनको सिजन थ्री का बिजेताले सो गिफ्ट पाएका हुन् ।

नेपालकै पहिलो तथा मौलिक हास्य रियालिटी शो कमेडी च्याम्पियनको सिजन ३ मा चाइल्ड कमेडियन सुयशा खनाल, सुनिल खड्का र ऋषभ काफ्ले फाइनल पुगेका थिए ।

कार्यक्रममा कमिडी च्याम्पियनका विजेतालाई सिजी मोटरको लोकप्रिय बाण्ड नेटा भी उपहारको रुपमा दिन पाउँदा निकै हर्षित भएको सिजी मोटर्सले जनाएको छ। साथै कम्पनीले आगामी दिनमा समेत यस्ता खालका रियालिटी सोमा सहभागी भइरहने समेत प्रतिवद्धता जाहेर गरेको छ।

कमिडी च्यापियनको ग्राण्ड फाइनल विजेतालाई प्रधान गरिएको नेटा भी चौधरी समूहअन्तर्गतको सीजी मोटरले दुई वर्षअघि भित्र्याएको थियो। क्रसओभर सेगमेन्टमा विशेषताहरुले भरिएको सेगमेन्टकै धेरै रेन्ज दिने नेटा भी नेपाल भित्रिएको छोटो समयमै ग्राहकहरु माझ निकै लोकप्रिय रहेको छ।

यस्ता छन् नेटा भीका मुख्य विशेषताहरु

ब्याट्री– नेटा भीमा विश्वकै नवीनतम ब्याट्री प्रयोग गरिएको छ जसले उच्चतम क्षमताको प्रदर्शन गर्छ। यो ब्याट्रीमा हिटिङ तथा कुलिङको व्यवस्थासहितको थर्मल म्यानेजमेन्ट सिस्टम रहेको छ।

कारको बडी– नेटा भीको बडीमा हाइ टेनसिल स्टिल प्रयोग गरिएको छ। कारको बाह्य बडीको ६३ हिस्सा बनाउन सोही स्टिलको प्रयोग गरिएको छ। यो शक्तिशाली स्टिलले कारमा यात्रारत यात्रुलाई थप सुरक्षित बनाएको छ। शक्तिशाली हुनुका साथै यो स्टिल हलुकासमेत छ। विद्युतीय कारमा जति हलुका बडी संरचना भयो कारले त्यति नै धेरै माइलेज दिन्छ।

कारकै तौल धेरै भएमा त्यसलाई तान्न धेरै शक्ति खर्च हुन्छ। तर नेटा भीको ६३ प्रतिशत बडी हाइ टेनसिल स्टिलबाट बनेकाले यो कार सुरक्षित र धेरै माइलेज दिन्छ। हाइ टेनसिल स्टिल टेस्लाका कार र नेटाका कारमा मात्र प्रयोग हुँदै आएको छ।

च्यासिस– नेटा भी कार प्योर ईभी च्यासिसमा निर्माण गरिएको हो। प्योर ईभी प्लेटफर्ममा उत्पादन भएको नेटा भी कारमा पर्याप्त स्पेस उपलब्ध रहेको छ। जसले कार चलाउँदा आरामदायी महसुस गराउँछ।

एक्सटर्नल पावर– नेटा भी कारमा ३.३ किलोवाट क्षमताको भेहिकल टू लोड एक्सटर्नल डिस्चार्ज फंसन पनि उपलब्ध छ। यो विशेषताले नेटा भीबाट अन्य कार तथा घरायासी विद्युतीय उपकरणमा चार्ज गर्न सकिन्छ।

रेन्ज– नेटा भीमा प्रयोग भएको ४०.७ किलोवाट आवर लिथियम आयन ब्याट्रीले एक पटकको फुल चार्जमा ३ सय ८० किलोमिटरभन्दा बढी रेन्ज दिन्छ। त्यस्तै यो ब्याट्री शून्यबाट ८० प्रतिशत चार्ज हुन जम्मा २० मिनेट मात्र लाग्छ।

ग्राउन्ड क्लियरेन्स– नेपालको बाटोका लागि अलिक बढी ग्राउन्ड क्लियरेन्स भएको कार खोजिन्छ। क्रसओभर सेगमेन्टको नेटा भी विद्युतीय कारमा १ सय ७० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स रहेको छ। यो सेगमेन्टमा नेटा भीको क्लियरेन्स पर्याप्त हुने कम्पनीको भनाइ छ।

वारेन्टी– सीजी मोटरले नेटा भीको ब्याट्री तथा मोटर दुवैमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको वारेन्टी उपलब्ध गराएको छ। विद्युतीय सवारीमा समकालीन विश्वको सबैभन्दा शक्तिशाली उत्पादकहरू चीनमै छन्। तिनै शक्तिशाली मध्येको एक होजोन अटोमोबाइल हो। सोही कम्पनीले उत्पादन गरेको नेटा भी विद्युतीय कार निक्कै आकर्षक र विशेषताले भरिएको छ।

नेपाली बजारमा नेटा भी विभिन्न ५ रंगमा उपलब्ध छ भने यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। पछिल्लो समय नेपाली बजारमा आएको नेटा भी परिमार्जनसहित आएको छ। सीजी मोटरले विद्युतीय कारको सर्भिसलगायत र चार्जिङ नेटवर्क विस्तारमा काम गरिरहेको जनाएको छ।

ग्राहकहरूको माग अनुसार नेटा भीको थापाथली सोरुमसँगै नेपालभर थप २१ वटा सोरुमबाट सेल्स तथा सर्भिसिङको सुविधा लिन सकिनेछ। साथसाथै काठमाडौँमा तीन स्थानबाट सर्भिसिङको पनि सुविधा लिन सकिने कम्पनीले जनाएको छ । नेपालभर १२० भन्दा धेरै स्थानहरूमा चार्जिङ सेवा दिँदै आइरहेको सिजी मोटर्सले थप ५० ठाउँमा चार्जिङ सुविधा दिन लागेको समेत जनाएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
राष्ट्र बैंकले बजारबाट १ खर्ब रुपैयाँ तरलता तान्दै, ८३ दिनका लागि निक्षेप सङ्कलन गर्ने
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग सकारात्मक सहमति

ताजा

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार

राष्ट्र बैंकले बजारबाट १ खर्ब रुपैयाँ तरलता तान्दै, ८३ दिनका लागि निक्षेप सङ्कलन गर्ने

प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग सकारात्मक सहमति

सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ४०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.