Jankari Kendra
१० भाद्र २०८३, बुधबार
Worldlink

१३ वर्षीया बालिकामाथि जबरजस्ती करणी, तीन पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, श्रावण, १६
१३ वर्षीया बालिकामाथि जबरजस्ती करणी, तीन  पक्राउ

रूकुम पश्‍चिम । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा चौरजहारी नगरपालिका-१ पुरानो बजार बस्ने ३७ वर्षीय शिखर भण्डारी, २७ वर्षीय तिलकराज गिरी र २३ वर्षीय सुभाष बन गोसाई रहेका छन् ।

उनीहरूले ती बालिकालाई चौरजहारी नगरपालिका-१ चौरजहारी बजारस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रूकुम पश्‍चिमबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स