भारतको केरलामा बाढी र मुस्खलनमा मृत्यु हुनेको संख्या १७८ पुग्यो
जानकारी केन्द्र
२०८१, श्रावण, १७
काठमाडौँ । भारतको केरलाको वायनाडमा आएको बाढी र मुस्खलनमा मृत्यु हुनेको संख्या १७८ पुगेको छ । केरलाको मुख्यमन्त्रीको कार्यालयले अहिलेसम्म १७८ जनाको मृत्यु भएको जसमा २६ बालबालिकासहित ८१ पुरुष र ७१ महिला रहेका छन् ।
त्यस्तै घटनामा बेपत्ता हुनेको संख्या ९८ पुगेको बताइएको छ । प्राकृतिक विपदबाट ठुलो संख्यामा मानिसले ज्यान गुमाएपछि राज्यमा दुई दिनको शोकको घोषणा गरिएको छ ।
अहिले उद्धार कार्यमा एनडीआरएफ, कन्नूर डिफेन्स सेक्युरिटी कोर र वायुसेनाका हेलिकप्टर संलग्न रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । हाल ८८ राहत शिविर बनाएर करिब ९ हजारलाई ति शिविरमा राखिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
केरलाको प्रकोप व्यवस्थापन विभागले मानिसहरूलाई पहिरोको सम्भावना भएका ठाउँहरूबाट टाढा रहन आग्रह गरेको छ ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
चीनले विकास गर्यो धुलोभन्दा सानो चिप्स,पानीमुनी रहेका जहाज (पनडुब्बी) पत्ता लगाउन सक्ने दाबी
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

