एइ ४ : जिहोको उत्कृष्ट इलेक्ट्रिक स्कुटर अब नेपालमा
काठमाडौं । नवीनतम इलेक्ट्रिक स्कुटरमा अग्रणी,जिहोले एइ ४ इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक गर्न पाउँदा अत्यन्तै उत्साहित रहेको बताएको छ । यो नयाँ मोडेलले स्मार्ट प्रविधि, उच्च पर्फर्मेन्स र दैनिक सहजताको अद्भुत संयोजन प्रदान गर्दै यात्रा अनुभवलाई सुधार गर्ने लक्ष्य राखेको छ । ऋषि ट्रेड सेन्टर मार्फत उपलब्ध, एइ ४ ले शहरी जीवनलाई वातावरणमैत्री ढंगले पनि सहज बनाउने छ ।
दक्षताको लागि डिजाइन
एइ ४ को ३.० किलोवाट मोटरले यात्राका लागि उपयुक्त शक्ति प्रदान गर्दै + ६५ किमी÷घण्टा को गति पु¥याउन सक्छ । यसको ३१ लिटरको भण्डारण क्षमता र फराकिलो एक्सल सिटले यसलाई सहज र व्यावहारिक बनाउँछ, जसले व्यस्त जीवनमा आवश्यक आराम प्रदान गर्दछ ।
सुरक्षा र नविनतम प्रविधिको मेल
सुरक्षालाई प्राथमिकता दिँदै, एइ ४ मा रहेको एबियस र इटिसीयस ले विभिन्न सडक अवस्थाहरूमा उत्कृष्ट नियन्त्रणको प्रदान गर्दछ । अतिरिक्त सुविधाहरू जस्तै कोलिसन र्वानिङ सिस्टम र स्लोप होल्डले प्रत्येक यात्रामा थप आत्मविश्वास प्रदान गर्दछ । स्कुटरको उन्नत एनएफसी कि लस इन्ट्री प्रणाली, र डिजिटल की, पासवर्ड, र मेकानिकलकी जस्ता बहुविधी अनलकिङ तरिकाहरुले सुरक्षा र सहजता दुवै प्रदान गर्दछ ।
न्यू जेनेरेसन ब्याट्री र कनेक्टिभिटी
एइ ४ को ७४ भोल्ट २७ एम्पियर एटिएल लिथियम ब्याट्रीले भरपर्दो रेञ्ज प्रदान गर्छ, जसमा ९० किमी वा १७० किमीको विकल्पहरू उपलब्ध छन् । यसको रिभर्स मोडले साँघुरा ठाउँमा चलाउन सजिलो बनाउँछ, जबकि टाइप सी र युयसबि चार्जिङ पोर्टहरूले तपाईंका उपकरणहरूलाई गन्तव्यसम्मै पुग्ने गरी चार्ज राख्न मद्दत गर्छ । अटो–कट अफ इन्डिकेटरहरूले सिग्नल व्यवस्थापनलाई सजिलो बनाउँदै सुरक्षामा थप योगदान दिन्छ ।
स्टाइलिश र स्मार्ट डिजाइन
नेबुला ह्वाइट, नेबुला ब्ल्याक, हेलिओस अरेन्ज, र भेलोसिटी ग्रे जस्ता आधुनिक रङहरूमा उपलब्ध एइ ४ ले सडकमा विशेष प्रभाव पार्छ । भि-शेप लाइटले दृश्यता सुधार मात्र होइन, स्कुटरलाई आधुनिक रूप पनि दिन्छ । जिहो राइड एपको साथ, राइडरहरूले यात्रा इतिहास, ऊर्जा पुनर्जनन, र विभिन्न सुरक्षा सुविधाहरू सहितका महत्वपूर्ण जानकारीहरू प्राप्त गर्न सक्छन्, जसले राइडरहरूलाई निरन्तर जडान र नियन्त्रणमा राख्छ ।
जिहोको बारेमा
जेहो नवीनतम टेक्नोलोजीको माध्यमबाट गतिशीलता को सिमानाहरूलाई धकेल्न समर्पित ब्राण्ड रहेको छ । गुणस्तर र प्रविधि विकासमा केन्द्रित रहँदै, जेहोले आजको गतिशील जीवनको आवश्यकता पूरा गर्ने, भरपर्दो र स्टाइलिश इलेक्ट्रिक स्कुटरहरू प्रदान गर्ने लक्ष्य राखेको बताइएको छ ।
सम्बन्धित समाचार
बाढीपहिरोका कारण यी राजमार्ग अवरुद्ध
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ८ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते हुने, गोल्छा ग्रुपसँग सम्झौता नवीकरण
सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा ४७ प्रतिशत वृद्धि, ८९ करोड पुग्यो खुद नाफा
ट्रेन्डिङ
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन