प्यारामाउंट मोटर्सले ल्यायो एमजी जेडएस इभीमा विशेष नाडा दशैंको अफर
काठमाडौँ । नेपालमा एमजी मोटर्सको आधिकारीक वितरक, एमजी जेडएस इभी मा विशेष अफर ल्याएको छ । यो प्रस्ताव विशेष रुपमा नाडा दशैंको अवसरमा गरिएको बताइएको छ ।
यस छुटमा ,एमजी जेडएस इभी डिलक्स संस्करणको मूल्य ४६ लाख ९९ हजार रुपैयाँमा उपलब्ध रहेको छ । यस मुल्यमा ग्राहकहरुले एमजी जेडएस इभी का उन्नत सुबिधाहरु र राम्रो प्रदर्शनको अनुभव गर्न सक्छन् । एमजी जेडएस इभीमा सुरक्षा र सुबिधाका लागि धेरै अब्बल सुबिधाहरु छन् । यसमा छ वटा एयरब्याग्स, हिल लञ्च असिस्ट, फ्रन्ट काँलिजन वार्निङ, स्पीड असिस्टेन्स सिस्टम, एडाल लेभल २, र वायरलेस चार्जिङ समावेश रहेको छ ।
“हामी हाम्रो ग्राहकहरुको यो विशेष दशैंको अपर सार्वजनिक गर्न खुशी छौं,” प्यारामाउंट मोटर्सका प्रवक्ताले भने “एमजी जेडएस इभी भविष्यको इलेक्ट्रिक गाडी हो, जसमा उन्नत सुरक्षा र प्रविधि छ । यस सीमित समयको प्रस्तावको लाभ उठाउन र चाडपर्वलाई रमाइलो बनाउन हामीसबैलाई आमन्त्रण गछौं ।”
यो विशेष प्रस्ताव २७ अगस्टदेखि ५ अक्टोबर २०२४ सम्म मात्र उपलब्ध रहेको बताइएको छ । थप जानकारीको लागि नाडा एमजी स्टल एफ२ मा गएर वा नजिकको एमजी शोरुममा सम्पर्क गरेर पनि बुझ्न सक्नुहुनेछ ।
प्यारामाउंट मोटर्सको बारेमा :
प्यारामाउंट मोटर्स नेपालमा एमजी मोटर्सको आधिकारीक वितरक हो, जसले उत्कृष्ट सवारी र सेवाहरु प्रदान गर्र्न प्रतिबद्ध रहेको बताएको छ।
सम्बन्धित समाचार
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ८ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते हुने, गोल्छा ग्रुपसँग सम्झौता नवीकरण
सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा ४७ प्रतिशत वृद्धि, ८९ करोड पुग्यो खुद नाफा
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन