नाडा अटो शो २०२४ मा यामाहा डब्लुआर १५५ आर एडभेन्चर बाइक र एमटी–१५ भर्सन २ को अनावरण
काठमाडौं । यामाहाले काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा मंगलबारदेखि सुरु भएको नाडा अटो शो २०२४ को उद्घाटनकै दिन रोमाञ्चक प्रभाव छोड्न सफल भएको जनाएको छ । प्रदर्शनीमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलज्यूको हातबाट आफ्नो नयाँ एडभेन्चर बाइक यामाहा डब्लुआर १५५ आरको साथै एमटी–१५ भर्सन २ अनावरणका का साथसाथै एरोक्स, यामाहा एफ जेड एस डिलक्सका प्रदर्शनले उपस्थितहरूलाई मोहित तुल्याएको बताइएको छ । यामाहाको स्टल रहेको इभेन्टको स्टल नम्बर एमएम १५ मोटरसाइकल पारखी र उत्साहीहरूका लागि घुम्नैपर्ने ठाउँ रहेको बताइएको छ ।
शोको उद्घाटनकै दिनमा लन्च गरिएको यामाहा डब्लुआर १५५ आर अफ–रोड एडभेन्चर सेगमेन्टमा गेम चेन्जर बाइक रहेको छ । १५५ सीसी लिक्विड कूल्ड इन्जिन रहेको यसले प्रभावशाली १६.५ बीएचपी र १४.३ एनएम टर्क प्रदान गर्छ जसले जुनसुकै भू-भागमा यात्रा गर्नका लागि एजिलिटीसँग शक्तिको संयोजन गर्छ। यामाहाको डब्लूआरसी बाइकहरूबाट प्रेरणा लिएको डब्लूआर १५५ आरमा हल्का तौलको फ्रेम, एडजस्टेबल सस्पेन्सन, डुअल–च्यानल एबीएस र आधुनिक डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर समावेश रहेको छ जसले यसलाई शहरी राइडरहरू र अफ–रोड एडभेन्चर दुवैका लागि उपयुक्त रहेको बताइएको छ । यामाहा बाइकहरू यसको डिजाइन, टेक्नोलोजी, स्टेबलिटी र राइड एक्सपेरियन्सका लागि पुरै उद्योगमा अग्रस्थानमा रहेको कम्पनीले जनाएको छ । साहसिक र दक्ष नेपाली बाइकिङ उत्साहीहरूलाई नेपालको पहाडी भूभाग र अन्य कुनै पनि चुनौतीहरूमा पूर्ण नियन्त्रण र सुरक्षा प्रदान गर्ने यामाहा डब्लुआर १५५ आर वास्तवमै एडभेन्चर बाइक सेग्मेन्टमा अन्य सबै प्रतिस्पर्धीहरूभन्दा धेरै अगाडि रहेको कम्पनीले बताएको छ ।

इभेन्टमा आगन्तुकहरू डब्लूआर १५५ आरको स्लीक डिजाइन र अत्याधुनिक प्रविधिबाट प्रभावित देखिएका छन्। यसले यामाहाको इनोभेसन र पर्फर्मेन्समा अग्रणीको रूपमा कायम प्रतिष्ठालाई पनि बलियो बनाएको बताइएको छ । डिस्प्लेमा राखिएको भर्खरै लन्च भएको यामाहा एमटी–१५ भर्सन २ ले आफ्नो आक्रामक स्टाइल, नयाँ सुविधाहरूको लहर र रोमाञ्चक पर्फर्मेन्सले यामाहा स्टलमा थप उत्साह बढाएको कम्पनीको दाबि रहेको छ । एमटी–१५ भर्सन २ मा उत्कृष्ट विशेषताहरू रहनुका साथै जसमा सुधारिएको स्थिरताको लागि अपसाइड डाउन फ्रन्ट फोर्कहरू, उच्च चपलताका लागि हल्का एल्युमिनियम स्विङ आर्महरू, र फरक आरपीएममा उत्कृष्ट शक्ति वितरणको लागि भेरिएबल भल्भ एक्टुएशन समावेश रहेको कम्पनीले जनाएको छ । यसमा राम्रो नियन्त्रणका लागि ट्र्याक्सन कन्ट्रोल सिस्टम, सुरक्षित ब्रेकिङका लागि डुअल च्यानल एबिएस र वाई(कनेक्ट फिचर समावेश गर्दछ, जसले सवारहरूलाई स्मार्टफोन मार्फत उनीहरूको बाइकसँग जडानमा राख्न सक्षम बनाउँछ।
बाइक शोकेसका अतिरिक्त यामाहाले आकर्षक अन–ग्राउन्ड क्विज, गेम र अन्य गतिविधिहरू मार्फत् ठूलो भीडलाई आकर्षित गरेको बताइएको छ । कार्यक्रममा बुकिङ गर्ने आगन्तुकहरूलाई रू. ६००० विशेष छुट को साथै चाँदीको सिक्का र विशेष यामाहा मर्चेन्डाइजबाट पुरस्कृत गरिएको जनाइएको छ। यसले गर्दा यामाहा फ्यानहरूका लागि यो इभेन्ट अझ अविस्मरणीय बनिरहेको कम्पनीले जनाएको छ । नाडा अटो शो २०२४ यहि भाद्र १६ गतेसम्म जारी रहनेछ। यसले आगन्तुकहरूलाई यामाहाका नवीनतम अफरहरूको थ्रिल अनुभव गर्न प्रशस्त समय दिएको छ। स्टल नम्बर एमएम १५ को भ्रमण गर्न र यामाहा डब्लूआर १५५ आरको साथमा एडभेन्चर बाइकिङको भविष्यको साक्षी बन्ने मौका नगुमाउनुहोला ।
५० वर्षभन्दा बढी समयदेखि नेपालका अटोमोवाइल पारखीहरूलाई विश्व प्रसिद्ध ब्रान्डहरूको सेवा दिँदै आएको एमएडब्लू ग्रुप नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरहरूको विशेष वितरक रहेको छ । ग्रुपले भर्खरै नेपालमा निर्मित यामाहा मोटरसाइकलका दुई मोडल एफजेड भीथ्री डिलक्स र एफजेड भीथ्री स्ट्याण्डर्डको लागि १० वर्षको वारेन्टी रहेको कम्पनीले बताएको छ । नाडा अटो शो २०२४ मा यामाहा स्टल नम्बर एमएम १५ मा जानुहोस् र यामाहासँग बाइकिङको भविष्य र अन्य धेरै कुराहरूको अविष्मरणीय अनुभव लिन सकिने कम्पनीले जनाएको छ ।
सम्बन्धित समाचार
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ८ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते हुने, गोल्छा ग्रुपसँग सम्झौता नवीकरण
सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा ४७ प्रतिशत वृद्धि, ८९ करोड पुग्यो खुद नाफा
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन