• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१६ चैत २०८२, सोमबार
१६ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ चैत १८ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ६ घण्टा 

नेपालमा उपलब्ध टिभीएस एनट्रक १२५ रेस एक्सपी स्कुटर: यस्ता छन् फिचरहरु
  • ७ घण्टा 

शिक्षामन्त्री पोखरेलको योजनाः विद्यालय पाठ्यक्रममा खेलकुद अनिवार्य गर्ने प्रयास
  • ९ घण्टा 

नेपालमा उपलब्ध टाटा कर्भ इभीः यस्ता छन् फिचरहरु
  • ९ घण्टा 

दुई दिनको गिरावट तोड्दै नेप्से उकालो, बजारमा सुधारको संकेत
  • १० घण्टा 

२०८२ चैत १७ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १८ घण्टा 

नेपालमा एमजी एस ५ इभीः यस्ता छन् फिचरहरु
  • १ दिन 

निजामती कर्मचारी अस्पताल र ट्रक व्यवसायी महासंघबिच सम्झौता
  • १ दिन 

यामाहाको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकल एक हप्तामै सोल्ड आउट : प्रि-बुकिङ खुला
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८२ चैत १२ गते बिहीबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. विशेष अफरसहित साओमी १७ अल्ट्राको प्रि–अर्डर नेपालमा सुरु

  • ३. २०८२ चैत १३ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. वाडा अटो शो २०२६ मा बीवाईडी गाडी किन्दा विशेष अफर सार्वजनिक

  • ५. प्यासेन्जर कार सेगमेन्टमा टोटल इनर्जिजले नेपालमा भित्र्यायो पहिलो नयाँ लुब्रिकेन्ट प्रविधि

  • ६. पोखरामा आयोन र एक्सपेंग सहित सीजि मोटसको मेगा सेल्स एण्ड एक्सचेन्ज कार्भीनल क्याम्प आयोजना

  • ७. बालेन शाहले लिए प्रधानमन्त्रीको सपथ

  • ८. लाटाङमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कबिहिन

  • ९. २०८२ चैत १४ गते शनिबार यस्तो रहेको छ तपाई भाग्य, हेर्नुहोस् राशिफल

  • १०. नवनिर्वाचित सांसदद्धारा शपथ ग्रहण सम्पन्न

गोगोरो र नेबुला इनर्जीको व्यावसायिक सुरुवात : ४५ ब्याट्री स्वापिङ गर्ने स्थान , स्मार्ट स्कूटरका तीनओटा मोडेल सार्वजनिक

जानकारी केन्द्र २०८१, भाद्र, १३

काठमाडौं । गोगोरोले काठमाडौंको नाडा अटो शोमा विश्वकै पहिलो हाइपर-इलेक्ट्रिक स्कुटर नयाँ पल्स, हाइपरफर्मेसन सिटी राइड जेगो र पहिलो एसयूभी स्कुटर क्रसओभर – जीएक्स २५० स्मार्टस्कुटरहरूको अनावरण र काठमाडौं उपत्यकामा ४५ नयाँ ब्याट्री स्वापिङ स्टेशनहरू रहने स्थानहरू पनि घोषणा गरेका छन् ।

शहरहरूका लागि सस्टेनेबल मोबिलिटी सोलुसन प्रदान गर्न, ब्याट्री-स्वापिङ टेक्नोलोजी इकोसिस्टममा विश्वकै अगुवा गोगोरो इंक (Nasdaq: GGR) र नेबुला इनर्जीले आज पल्स र जेगोको साथ गोगोरोका विशेष प्रडक्ट रेन्जहरू लन्च गरेका छन्। उनीहरूले काठमाडौं उपत्यकामा ४५ वटा ब्याट्री स्वापिङ स्टेसन रहने स्थानहरूको पनि घोषणा गरेका छन्। जारी नाडा अटो शोमा गोगोरोको M3 स्टलमा आयोजित विशेष मिडिया अन्तरक्रिया कार्यक्रममा उक्त घोषणा गरिएको हो। दुई स्वाप स्टेशनहरूको सफ्ट लन्च र फूडमान्डु र जुमजुम जस्ता रणनीतिक साझेदारहरूसँग स्कूटरहरूको प्रयोग पश्चात् प्राप्त अत्याधिक सकारात्मक प्रतिक्रिया पछि गोगोरो अब आफ्ना स्कुटरहरू बिक्रीको लागि तयार रहेको छ।

मिडियासँग कुरा गर्दै नेबुला इनर्जीका अध्यक्ष मनोज गोयलले सस्टेनेबल मोबिलिटी र प्रविधिको नयाँ युगमार्फत् गोगोरोले नेपालको जिरो इमिसन लक्ष्यमा योगदान पुर्‍याउने आफ्नो प्रतिबद्धता व्यक्त गरे।

उनको भनाईमा थप्दै प्रबन्ध निर्देशक सहायु गोयलले दुई पाङ्ग्रे सेग्मेन्टमा ईभीको प्रयोग व्यापक स्तरमा हुनका लागि प्रविधिमा सक्षम हुनुपर्ने आवश्यकता रहेको औंल्याउनु भयो। ब्याट्री-स्वापिङ टेक्नोलोजीद्वारा सञ्चालित गोगोरोका स्कूटर रेन्जले विद्युतीय दुई पाङ्ग्रे सवारी खरिद गर्ने उपभोक्ताहरूले सामना गर्ने यस्ता प्रमुख चुनौतीहरूलाई सम्बोधन गर्न मौलिक समाधान प्रदान गर्दछ।

नेबुला इनर्जीले हाल उनीहरूको जीएक्स २५० को लागि रणनीतिक बीटूबी साझेदारहरूलाई ब्याट्री स्वापिङ सेवाहरू प्रदान गर्दैछ। नेबुलाले सेप्टेम्बरको मध्यमा नक्सालको नारायणचौरमा पहिलो गोगोरो शोरुमको उद्घाटन गर्नेछ। उद्घाटनपछि ग्राहकहरूले स्कुटरको परीक्षण र विशेष इन्ट्रोडक्टरी प्राइसमा प्रि-बुकिङ गर्ने र दशैंपछि आफ्नो स्मार्टस्कुटरको डेलिभरी प्राप्त गर्नेछन्। बिक्री सुरु गर्नु अघि ४५ स्वाप स्टेसनहरू स्थापना गर्ने आफ्नो प्रतिबद्धता अनुरुप नेबुलाले काठमाडौं उपत्यका वरिपरि ४५ वटा ब्याट्री स्वापिङ स्टेशनका लागि निश्चित स्थानहरूको घोषणा गरेको छ जस अनुसार प्रत्येक २-३ किलोमिटरमा एउटा स्टेशनको उपलब्धता सुनिश्चित हुने छ। स्टेशनहरू रणनीतिक रूपमा पेट्रोल पम्प, मार्ट, मल र ग्राहकहरूको सहजता र पहुँचका लागि साझा चासोका क्षेत्रहरूमा रहनेछन्।

गोगोरो स्मार्ट स्कुटरहरू खरिद गर्ने बारे सबैभन्दा चाखलाग्दो कुरा भनेको यसमा ग्राहकहरूले ब्याट्री खरिद गर्न आवश्यक पर्दैन किनकि गोगोरोले सुविधाजनक ब्याट्री सब्सक्रिप्सन योजना प्रदान गर्दछ। यो योजनाले स्वाप स्टेशनहरूको सम्पूर्ण नेटवर्कमा पहुँच प्रदान गर्दछ जसले प्रयोगकर्ताहरूलाई ब्याट्री स्वामित्वको झन्झट बिना नै आफ्नो स्कूटरहरू पावर अप राख्न सजिलो बनाउँछ।

अन्तत: नेबुला इनर्जीले नेपालमा पेट्रोल पम्पहरूको संख्याभन्दा धेरै ब्याट्री स्वापिङ स्टेशनहरू स्थापना गर्ने योजना बनाएको बताएको छ।

 गोगोरो पल्स

भविष्यलाई दृष्टिगत गरेर गोगोरोले नयाँ एडभान्स्ड हाइ पर्फर्मेन्स स्मार्टस्कूटरलाई पुनः डिजाइन गर्ने क्रममा पल्सको निर्माण गरेको हो। पल्स विश्वकै पहिलो हाइपर इलेक्ट्रिक स्कुटर हो र यसले गोगोरोको नवीनता र क्षमतालाई स्पष्ट रूपमा प्रदर्शन गर्दछ।

पल्सले एडभान्स्ड एरोडायनामिक डिजाइन, नयाँ ९ किलोवाटको गोगोरो-डिजाइन पावरट्रेन, रिभोलुसनरी एडेप्टीभ एक्टिभ-म्याट्रिक्स लाइटनिङ र प्यानोरामिक हाई-डेफिनिशन टच डिस्प्ले प्रयोग गर्दछ।

पल्स गोगोरोको नयाँ हाइपर ड्राइभ पावरट्रेनद्वारा संचालित छ जुन ऊर्जा खपत घटाएर पर्फर्मेन्स बढाउन डिजाइन गरिएको हो। हाइपर ड्राइभको मुटुमा गोगोरोको नयाँ हाई पर्फर्मेन्स एच वान मोटर, पूर्ण रूपमा पुनः डिजाइन गरिएको इलेक्ट्रिक पावर प्लान्ट र पछिल्लो ह्वीलमा ३७८ एनएम टर्कको साथमा अत्याधुनिक ट्रयाक्सन कन्ट्रोल प्रदान गर्ने एक शक्तिशाली स्मार्ट प्रणाली हाइपरकोर हुन्छ। गोगोरोको हाइपर ड्राइभले नयाँ हाइब्रिड वाटर र एयर डुअल-कूलिङ प्रणालीलाई पनि एकीकृत गर्दछ। हाइपर ड्राइभले पल्सलाई पर्फर्मेन्सको निम्न नयाँ लेभलहरू प्राप्त गर्न सक्षम बनाउँछ:

  • ०-५० प्रतिघण्टा किलोमिटर – ३.०५ सेकेन्ड
  • ९.० किलोवाट – म्याक्सिमम पावर आउटपुट
  • ११,००० आरपीएम – म्याक्सिमम आरपीएम
  • ३७८ एनएम टर्क – रियर व्हीलमा

 गोगोरो जेगो

गोगोरो जेगोले ईभी स्कूटरको बजारमा अरुभन्दा फरक विभिन्न सुविधाहरू प्रदान गर्दछ। यो स्लीक नयाँ बडी डिजाइन र गोगोरोका मुख्य आविष्कारहरूसँग सुसज्जित छ। यसका मुख्य विशेषताहरूमा डुअल ब्याट्री अप्सनहरू समावेश छन् जसले उच्च गति र लामो रेन्जहरू प्रदान गर्दछ। जेगोमा फराकिला आरामदायी सिट, चौडा ट्रंक र हल्का तौल उपलब्ध छ जसले यसलाई सजिलै चलाउन र डोहोर्याउन मिल्ने बनाउँछ।

 गोगोरो जीएक्स २५०

गोगोरो जीएक्स २५० अल्टिमेट दुई पाङ्ग्रे एसयूभी हो। भारतको महाराष्ट्रमा बनाइएको जीएक्स २५० भारतमा निर्मित गोगोरोको पहिलो स्मार्टस्कुटर हो। पुन: डिजाइन गरिएको क्रसओभर सिरिज, अल टेरेन फ्रेममा बनाइएको छ जसले विभिन्न स्टोरेज, राइडिंग र कस्टोमाइजेसन क्षमताहरू प्रदान गर्दै बढ्दो रिजिडिटी र कम्फर्ट दिन्छ। क्रसओभर जीएक्स २५० को नयाँ फ्रेम डिजाइनले सस्पेन्सन प्रणालीको स्थायित्वलाई बढाउँछ र आराम र स्थिरतालाई जोड दिँदै ठूला भारहरू पनि अटाउन सक्छ।

 गोगोरो ब्याट्री-स्वापिङ टेक्नोलोजी

विश्व बजारमा हलुका शहरी सवारी साधनहरूका लागि अग्रणी ब्याट्री स्वापिङ कम्पनीको रूपमा परिचित गोगोरोको इकोसिस्टमको केन्द्रमा एउटा खुला र इन्टरअपरेबल ब्याट्री स्वापिङ प्लेटफर्म रहेको छ। गोगोरो ब्याट्री स्वापिङ भनेको स्वापेबल ब्याट्री रिफ्युलिंगको नयाँ जेनेरेसन हो जसले स्मार्ट, सुरक्षित र, व्यवसाय र समुदायहरूका लागि गतिशील र बहुमुखी हुन आफूलाई निरन्तर अप्टिमाइज गर्दछ।

ताइवानमा गोगोरो नेटवर्कले ६,१०,००० भन्दा बढी सवारहरूलाई समर्थन गर्छ र २,५०० भन्दा बढी स्थानहरूमा १२,५०० ब्याट्री स्वापिङ स्टेशनहरूको नेटवर्क मार्फत् यसका १.४ मिलियन भन्दा बढी स्मार्ट ब्याट्रीहरू सर्कुलेशनमा छन्। ताइवानमा गोगोरोको ब्याट्री स्वापिङ स्टेशनहरू पेट्रोल स्टेशनहरू भन्दा बढी छन्। ४००,००० भन्दा बढी दैनिक ब्याट्री स्वाप र आजसम्म ६१५ मिलियन भन्दा बढी कुल ब्याट्री स्वापसँगै गोगोरो ब्याट्री स्वापिंगले सन् २०१५ मा सुरु भएदेखि दस लाख टन भन्दा बढी कार्बन डाइअक्साइड बचत गरेको छ।

ब्याट्री स्वापिङ एउटा इनोभेटिभ अवधारणा हो जसले चार्ज सकिएको ब्याट्रीसँग  फुल चार्ज भएको ब्याट्रीलाई तत्काल प्रतिस्थापन गर्दै प्रयोगकर्ताहरूलाई आफ्नो सवारी साधनको रेन्ज विस्तार गर्न छिटो र प्रभावकारी तरिका प्रदान गर्दछ। ब्याट्री स्वापिङ टेक्नोलोजीले दुई-पाङ्ग्रे ईभी अपनाउनका लागि विद्यमान वर्तमान अवरोधहरू समाधान गर्न मद्दत गर्छ र सुरक्षित, दिगो र स्केलेबल तरिकामा शहरी मोबाइल ऊर्जा मागहरूको सम्बोधन गर्दछ। गोगोरोको ब्याट्री स्वापिङले नेपालमा विद्युतीय दुईपाङ्ग्रे सवारी साधनको व्यापक प्रयोगसँग सम्बन्धित निम्नलिखित लगायत अन्य धेरै चिन्ताहरूलाई सम्बोधन गर्दछ:

  • स्वामित्वको कुल लागतमा कमी।
  • ब्याट्रीहरूको स्वामित्व आवश्यक पर्दैन।
  • ब्याट्री स्वापिंग ICE सवारीसाधनहरू रि-फ्युल गर्नु भन्दा छिटो भएकोले यसले रेन्जको चिन्ता कम गर्न सघाउँछ।
  • चार्ज गर्ने समय हटाउँछ – केहि सेकेन्डमै स्वाप गर्न सक्ने भएकाले सेल्फ चार्जिङको आवश्यकता पर्दैन।

 नेबुला इनर्जीको बारेमा

नेबुला इनर्जी एमजी समूहको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो र यो वातावरणीय रूपमा दिगो र ऊर्जामा आत्मनिर्भर नेपाल निर्माणको नेतृत्व गर्न प्रतिबद्ध नयाँ इनर्जी भेन्चर हो।

 गोगोरोको बारेमा

सन् २०११ मा शहरी ऊर्जा पुनर्विचार गर्न र विश्वलाई स्मार्ट र अधिक दिगो समाधान मार्फत्  शहरहरूलाई गतिशील बनाउन प्रेरित गर्ने उद्देश्यले स्थापना गरिएको गोगोरोले शहरी ऊर्जा वितरण र उपभोग गर्ने तरिका परिवर्तन गर्न इनोभेसनको शक्ति प्रयोग गर्छ। गोगोरो हालै फास्ट कम्पनीको “2024 World’s Most Innovative Companies” को सूचीमा एसिया-प्यासिफिकको सबैभन्दा इनोभेटिभ कम्पनीको रूपमा र विश्वव्यापी रूपमा ३७ औं  नम्बरमा परेको थियो। फ्रस्ट एण्ड सुलिभ्यानद्वारा “विद्युतीय दुई-पाङ्ग्रे सवारी साधनहरूको ब्याट्री स्वापिङका लागि २०२३ ग्लोबल कम्पनी अफ द इयर”को रूपमा मान्यता प्राप्त; र एमआईटी टेक्नोलोजी रिभिउमा सन् २०२३ का “फिफ्टीन क्लाइमेट टेक कम्पनीज टु वाच” मध्ये एकको रूपमा सुचिकृत गोगोरोको ब्याट्री स्व्यापिङ र गाडी प्लेटफर्महरूले शहरी गतिशीलतामा नयाँ दृष्टिकोण प्रदान गर्न स्मार्ट, प्रमाणित र दिगो दीर्घकालीन इकोसिस्टम प्रदान गर्दछ। सवारी साधनको डिजाइन र इलेक्ट्रिक प्रोपल्सन, स्मार्ट ब्याट्री डिजाइन, ब्याट्री स्व्यापिङ र ब्याट्री चार्जिङ र उपलब्धता व्यवस्थापन गर्न उन्नत क्लाउड सेवाहरूमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गर्ने इनोभेसनको अग्रणी बन्ने दिशामा गोगोरो द्रुत रूपमा अगाडि बढेको छ। चुनौती ठूलो छ तर यथास्थितिलाई भंग गर्ने, नयाँ मापदण्डहरू स्थापना गर्ने र सघन जनसंख्या भएका सहरहरूमा दिगो यातायात वृद्धिको नयाँ स्तर हासिल गर्ने अवसर अझ ठूलो छ। गोगोरो ताइवान, फिलिपिन्स, चीन, भारत, जापान, इन्डोनेसिया, कोरिया, इजरायल, सिंगापुर र नेपालमा सञ्चालनमा छ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपालमा उपलब्ध टिभीएस एनट्रक १२५ रेस एक्सपी स्कुटर: यस्ता छन् फिचरहरु
शिक्षामन्त्री पोखरेलको योजनाः विद्यालय पाठ्यक्रममा खेलकुद अनिवार्य गर्ने प्रयास
नेपालमा उपलब्ध टाटा कर्भ इभीः यस्ता छन् फिचरहरु

ताजा

२०८२ चैत १८ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नेपालमा उपलब्ध टिभीएस एनट्रक १२५ रेस एक्सपी स्कुटर: यस्ता छन् फिचरहरु

शिक्षामन्त्री पोखरेलको योजनाः विद्यालय पाठ्यक्रममा खेलकुद अनिवार्य गर्ने प्रयास

नेपालमा उपलब्ध टाटा कर्भ इभीः यस्ता छन् फिचरहरु

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.